Posts

Showing posts from 2021

कसरी सहन सक्छिन् होला ?

  छोरी मान्छे भएर छोरी मान्छेमा हुने परिवर्तन नहुनु अथवा अथवा मातृत्व बहन गर्न नसकेर भोग्नु पर्ने मानसिक तनावहरु कति छन्? छोरी मान्छे भएर मातृत्व बहन गर्न रहर नहुने थेरै कम मै हुन्छ होला । आफ्नो मनको रहर पूरा गर्न नसक्नु एउटा ठाउँमा पीडा हुँदा हुँदै परिवार, समाजले हेर्ने, उहाँहरुको लागि प्रयोग गर्ने शब्दले उहाँहरुलाई कति असर पर्छ होला? कसैले भनेको नसुनेर/ भनौ ती कुराहरूलाई मनमा दबाएर अनि मनको रहर मारेर पनि अघि बढिरहेकी महिलालाई जहाँ कतै , केही काम बिग्रिए पनि त्यही उसको बजोपन लाई कारण बनाउँदा उसमा कस्तो उसलाई कस्तो महसुस हुन्छ होला? समाज /परिवारको कुरा छोडौ कतिपय ठाउँमा आफ्नै सहयात्री/ जीवनसाथीले पनि यस्तै व्यवहार गर्दा त्यो नारीमा बाँच्ने रहर कहाँबाट आउँछ होला र? मातृत्व बहन गर्न नसक्नु मा उसकै स्वास्थ्यको कारण ले भए त झन् कति के के भोग्नु पर्छ/ कसरी सहन सक्नु हुन्छ होला ? घरपरिवारमा सासु , ससुरा, देवर, नन्ध .... सबै पढेलेखेको हुँदा हुँदै पनि त्यो नारीले आफु आमा बन्न नसक्नुको घोचाई/ हेला किन भोग्नु परिरहेको छ होला?      आफैको भोगाइ आमानै बन्न नसक्नुको नभए पनि ढिल...

के मेरो गल्ती हो?

 म समाजले भने अनुसार ठूलो जात बाहुनकी छोरी, मैले समाजले तल्लो जात भनिएकाको घरमा पानी माग्दा ' हजुरहरुले हामीले छोएको खानु हुन्न ' भन्ने तिमी दमाई दाइको गल्तीकी, म पाँच वर्षकी बालिकाको गल्ती ? मैले तिमीलाई छोएको केही कुरा माग्दा तिमीले खानु हुन्न, हजुरहरुले छुनु हुन्न भन्ने तिमी , अनि आज म २० वर्ष को हुँदा मैले तिमीले छोएको नखाए मेरो गल्ती ? कक्षा कोठामा आएर दलितहरूलाई आज यति पैसा बढ्दै छ भनेर म बाहुन भएको मा त्यो कुरा बाट बचत गराएर मलाई ठूलो देखाइदिने यो सरकार को गल्ती की, ५ वर्षकी बालिका को गल्ती ? आम्दानी होइन यहाँ जात हेरेर अनुदान दिइन्छ अनि मलाई यो समाज भन्दा ठूलो देखाइन्छ, अनि आज आएर मेरै गल्ती भयो?   दमाई/ कामी ( समाजले तल्लो जात भनेर चिनिएका) अंकल/आन्टी, हजुरआमा/हजुरबा म पाँच वर्षको हुँदै बाट किन मलाई ठूलो स्थान दियौ , मलाई ठूलो को आवास किन दिलायौ ? याे सबमा हजुरहरुले आफ्नो हात, याे जातीय कुरालाई अघि बढाउन भएको कत्तिको देख्नु हुन्छ?  अनि मेरो उमेरका म भन्दा साना ठूला दाईभाई, दिदीबहिनी, साथीभाइ हजुरहरुले म चुप लागेर हजुरहरुले छोएको खान लाग्दा 'बाहुनकी छोरी ह...

बाआमाका बाआमा

 याद नआउने कहा हो र, तिम्रो त्यो न्यानो मायाको .. मन नभक्कनिने कहाँ हो र हेर्न नपाउँदा तिम्रो सुन्दर मुस्कान त्यो.. दशैंमा टीका थाप्न आउन नपाउँदा पनि आशीर्वाद र त्यो खमको .. सारै याद आउँछ हजुरहरुको त्यो स्पर्शको ।। तैंले हराउँछन् भनेर आशीर्वाद र टीका मलाई अनि दक्षिणा आमाको झोलामा भएको... त्यो गोठको अगेनामा पोलेर छाला कालो भएको त्यो आलुको.. मलाई कत्ति काम गर्न मन लाग्दा पनि आफ्नै घर गएर गरेस यहाँ गर्नु पर्दैन भन्दै हजुर कराएको ... सारै याद आउँछ हजुरहरुले मायाले सुम्सुमाएको ।। मेरो मुहार देख्दा ओठ तन्किएर चाउरी परेका ती गालाको... कहिले आउँछ भनेर दिनदिनै पारी पारी सम्म डुल्ने त्यो सोच्छ मनको ... मलाई भनेर त्यो पुरानो बाकसमा राखेका किसमिस काजुको... सारै याद आउँछ हजुरहरुको त्यो मायालु हेराइको । पछुतो सारै कम कुराको लाग्छ .. तर हजुरले दिएको त्यो नौनी घिउ खान्न भनेर हिँड्नु नहुने जस्तै लाग्छ.. सानामा भनेको नमानेर कत्ति दुःख दिए है, सबै मान्नु पर्ने जस्तै लाग्छ.. यता आ भन्दा टाढा टाढा कत्ति भागेको छु है, सधैं हजुरको काखमा बास्नु पर्न्ने जस्तै लाग्छ.. पछुतो त के भनुम् र नाधानिमा ठूलै भूल ...

आमा

 सन्तान रुँदा एक पटक हाँसेको थियौँ है? मैले आमा शब्द बोल्दा कत्ति खुसी थियौं है ? तिम्रो नाम लेख्दा त फुरुङ्गै थियौँ है? काखमै बिस्ट्याउदा पनि खुसी हुन्थ्यौं है ? आमाले जति साथ र माया हजुरलाई सन्तानले दिन सकून, हजुरले जति खुसी सन्तान ले बाड्न सकून । माता तिर्थ औंसीको सम्पूर्ण आमा हजुरलाई शुभकामना । - Sebika Sharma       Pyuthan

बिहानी

 बिहानी सधैं कालो बादलले छोपेर कहा आउँछ र? त्यो खोला आफ्नो सतह छोडेर कति दिन बड्छ र? त्यो डढेलो हुरहुरी कति दिन बोल्छ र? त्यो सुन्दर फूलले बास्ना नछरी संसार चल्छ र?? मर्नु त सबैलाई एकदिन छदै छ ,तर नजन्मी कोही मर्छ र? मुस्कान सुखमा मात्र आउने भए, हिलोमा पनि त्यो कमल फुल्थ्यो र? अन्धकार नराम्रो भए, सुन्दर बिहानी हुन्थ्यो र? एकपटक असफल नभई, सफलताको महत्त्व हुन्छ र?? आजको बिहानी अलि फरक छ, बिहानी नै भए पनि अन्धकार छ, तर भोलि अबस्य उज्यालो हुने छ, त्यो घामको किरणले मेरो मुहार छुनेछ, बिहान उठेर मोबाइल खोल्न होइन ड्रेस लगाउन हतार  हुनेछ ।।

सिसाकलम चलाउँदा

 Blunt गर्नलाई हातले त्यो सिसाकलमको graphite मसर्दा हात कालै बन्यो , Graphite कैयौं समय मसारेपछि sketchpad मा एउटा चित्र बन्यो, Perfect नहुँदा पनि मेरो मुहारमा एउटा चमक थियो, त्यो चिया खाने कप चित्रमा उतार्दा, मलाई चियाको चुस्की भन्दा धेरै प्यारो लाग्दै थियो । धेरै कला God gifted हुन्छ , त्यो सबैलाई आउँदैन जस्तै लाग्थ्यो मलाई, मलाई नआउने कलामा एउटा चित्रकला पनि पर्थ्यो, डिप्लोमा पढ्दा मा ५ वर्षको बच्चाले चोकोलेट नपाएर रोएँ झै रुन्थे, मेरो बसको कुरा होइन चित्रकला भनेर, Marksheet मा नम्बर कम अनि  कक्षामा rank बढी भनेर, १० कक्षा सम्म सामाजिकमा नेपालको नक्सा , अनि विज्ञानमा २/४ ओटा चित्र बाएक केही कोटेको थिएन, हिजो सम्म जे गरे सायद rank र marks को लागि गरे, तर यसमा म आफ्नो खुसी भेट्न थालेको छु । साहित्य बाहेक चित्रकला पनि मेरो मनको शान्तिको लागि गर्न थालेको छु ।

मलाई भारत भनी चिनिदै छ

  मैले अन्तर्जातीय बिहे गरेको पनि होइन , म अन्तर्जातीय बुबाआमाको सन्तान पनि होइन, तर पनि मलाई सीमा पारी किन? म तिम्रै सन्तान हुँ आमा, मलाई तिमी भन्दा टाढा किन? किन के गरे र मैले मलाई मेरै परिचय बाट टाढा भारत भनी चिनैदै छ??? सुन्दर भएर आमाको काख बाट टाढा हुनु भन्दा , कुरुप भएर तिम्रो काखमा बस्नु मन छ, सुखमा हाँस्नु अनि दुख्ख मा तिमी सँगै रुनु मन छ । निदाउँदा होस् या जग्दा तिमीसँगै हुनु मन छ । किन के गरे र मैले मलाई मेरै परिचय बाट टाढा भारत भनी चिनैदै छ??? म नेपालको छोरी होइन नी बिहे गरेर भारतलाई दिन , म छोरी होइन नी मेरो हत्या भए पनि मेरो कुरा २ दिनमा हराउन, म अविवाहित तिम्रो छोरा हुँ, र पनि मलाई किन छुट्याउँदै छ ? किन के गरे र मैले मलाई मेरै परिचय बाट टाढा भारत भनी चिनैदै छ??? म निर्मला होइन निर्मल हुँ, म सम्झना होइन संयोग हुँ, म बलात्कार भए पनि गल्ती मेरै हुन्छ , कृपया आमा मलाई बचाऊ । किन के गरे र मैले मलाई मेरै परिचय बाट टाढा भारत भनी चिनैदै छ??? छोरी भएको भए मलाई असहज भएको कुरा चर्चा त हुन्थ्यो, तर म छोरा हुँ , यहाँ छोरालाई केही हुँदैन , केही भयो भन्दा कसैले सुन्दैन, म चिच्याएक...

गौतमबुद्ध रंगशालाको सपना

पाँच दिन सम्म म यो विषयमा लेख्दैन, सोच्दैन भनेर बसेको थिए तर सुन्तलीको आँसुले मलाई लेख्नलाई बाध्य बनायो । सायद दश वर्षमा यो रंगशाला बन्छ होला जसरी नी जस्तै लाग्छ । १० वर्ष नभए १४/१५ वर्ष सम्म त पक्कै बन्छ होला । १४/१५ वर्ष सम्म त पक्कै मेरो बिहे हुन्छ होला है? अनि २० वर्षमा त मेरी छोरीको किताबमा मेरो देशको सान 'गौतम बुद्ध रंगशाला ' भन्ने पाठ हुन्छ होला । अइलेका देश हाँक्ने नेताको कत्तिको सोर्गबास हुन्छ होला, तर होइन नर्गबास हुन्छ होला। अनि मेरा प्यारा , मेरो मुटु भित्र बसेका कलाकार पनि अलि बुढा हुन्छन् होला । अब २० वर्षमा त  फिल्ममा पनि आमाबा, हजुरबाआमा को रोल निभाइरहेका हुन्छन् होला है दुर्मुस सुन्तलीले। अनि म पनि सायद समयले साथ, भाग्य सँगै मेहिनेत पुगे Er. Sharma  भएको हुन्छ होला ।२० वर्ष सम्म उहाँहरुलाई प्रतक्ष त केहीले देख्न पाउला नपाउला तर उहाँहरुको लाई माया, सम्मान, भरोस म माथि भरिएको छ । आज २० वर्ष को हुँदा सम्म पनि एक रुपैयाँ नकमाएको म हजुरहरुलाई सानै सहयोग गर्न पनि असमर्थ छु । तर मलाई मेरो छोरीको किताबमा  भएका प्रश्न को जवाफ यसरी दिन्छु भनेर ऐले नै प्रश्न उत्तर स...

कोटा

 यहाँ जात हेरेर कोठा दिहिन्छ, जात हेरेर शिर कति निहुराउने घोषणा गरिन्छ, कोटा दिएर न्याय दिए जस्तै लाग्छ ? कोटा पाएर न्याय पाए जस्तै लाग्छ ? सरकारी कार्यालयमा त कोटा पाइयो , तर राजधानीमा कोटा पाउन सारै गार्हो छ, कोटा दिएर न्याय दिए जस्तै लाग्छ ? कोटा पाएर न्याय पाए जस्तै लाग्छ ? मन्दिरको कुन छेउ सम्म जाने जात हेरेर घोषणा गरिन्छ, Open बाटै नाम निकाले पनि तैंले त कोटा पाउँथिस् भनिन्छ,  कोटा दिएर न्याय दिए जस्तै लाग्छ ? कोटा पाएर न्याय पाए जस्तै लाग्छ ? सायद मैले छोएको मुखबाट मात्र हाल्न नमिल्ने रहेछ, नसाबाट त जात नसोधी जत्ति पनि हालिन्छ, कोटा दिएर न्याय दिए जस्तै लाग्छ ? कोटा पाएर न्याय पाए जस्तै लाग्छ ?

तिमीलाई के मतलब भो ?

 क्लियर, चिटिक्क मिलेको मुहार , कतिल आँखा , संसार ढलाउने फिगर छैन, पातला सिरलिक्क परेका fingure, लामा लामा नङ छैनन्, तिमीलाई के मतलब भो ? भन न तिमीलाई के मतलब भो? छ फीट अग्लो शरीर , लामो सिरलिक्कको कपाल छैन, होलो पाइन्ट लगाउँछु, हिडाई हेर्दा केटा अनि मुहार हेर्दा केटी जस्तै देखिन्छु, हिडाई बाट मेरो लिङ्ग किन चाइयो? भन न तिमीलाई के मतलब भो? लामो कपाल पनि गुजुल्टो पारेर हिड्छु, खुट्टामा गोल्डस्टार जुत्ता लगाउँछु, शरीरको रौँ म शेभ गर्दैन , आँखा माथि गाजल मोरे पनि लगाउँदैन , तिमीलाई के मतलब भो ? भन न तिमीलाई के मतलब भो?

Happy interntional poetry day ❤️

 कविको लेखमा जस्तै सुन्दर बनोस् जीवन, फोहोरको खातले चोपे पनि बाग्मती जस्तै बिस्तारै भएपनि बगोस् जीवन , धर्ती जस्तै जति तौल आफूमाथि भए पनि नडगमगियोस् जीवन, हिलोको दुर्गन्ध लागि बताउँदै सुगन्ध छर्ने कमल जस्तै हुन्छ जीवन, जस्तो जे भए पनि मुस्कुराउँदै बितोस जीवन ।। माया कविको कल्पनामा जस्तै बनोस्  कसैको साथले पनि संसार आफ्नो लागोस् , मिलनमा मात्र प्रेम होइन , बिछोडमा पनि रहिरहोस्, सन्तानको खुसी: बाआमाको घर छोडाईमा कहिल्यै नहोस्, माया संसारलाई अनि प्रेम एउटा सँग मात्र होस् ।।। कविको कल्पनामा जस्तै प्रेमी प्रमिका पाइयोस्, आँखामा आँखा जुद्धा सबथोक थाहा पाइयोस्, नदी नदी जस्तै माया मिलेर समुन्द्र बनोस्, हरेक फूलले जस्तै प्रेमले सुगन्ध छरोस्, भावना सँग जोडिएको प्रेम सबैलाई मिलोस् ।।
When you are happy, everyone is around you, but in times of sorrow, no one is around

न्याय कसले दिन्छ?

 आगोले पोलेर उठेको एउटा फोकोसँग डराउने म, बलात्कृत छोरीको दुखाइ कल्पना पनि गर्न सक्दिन, काँडै काँडा बीच मुस्कुराइरहेको फूलको मुस्कान छिन्नेलाई, प्रेम गर्छु भनेर शरीर सुम्सुम्याउने लाई, खई कसले सजाए दिन सक्छ र ??? बाबुको न्यानो माया पाएर हुर्किएकी म, बाबुबाट बलात्कृत हुने छोरीको पीडा कल्पना पनि गर्न सक्दैन, मायाले एकवर्ष पालेर, त्यही काटी दशै मनाउने लाई, ठूलो पदमा बसी बेन्च मुनिबाट गोजी भर्नेलाई, खई कसले के गर्न सक्यो र?? शिक्षक शिक्षिकाको माया पाएर हुर्किएकी म, गुरुकै नराम्रो नजर कल्पना पनि गर्न सक्दैन, भगवानको सृष्टि लाई नै बलि चढाउने लाई, आफ्नै सन्तानलाई पीडा दिनेलाई, खई कसले के गर्न सक्यो र?? आठ वर्ष देखि घर छोडेर, सबैको नजर पढ्न सक्छु भन्ने म, आफ्नै भनिएको हिँसा भोगेकाको पीडा कल्पना पनि गर्न सक्दिन, देश बीच घर किन्नेलाई, खोला बेची पौंडी पोखरी बनाउनेलाई,  खई कसले सजाए दिन सक्छ र ??? एकपटक फोन गरेर बुबा भन्दा सन्देश बक्समा पैसा आएको सन्देश पाएकी म, भोक भोकै गाउँको बाटो तकेकाको भोकाई कल्पना पनि गर्न सक्दैन, खेतमा पानी चार्छु भनी खोलौ हल्दिनेलाई, समाजको अगुवा बनी, विकृति फैला...

तिमीलाई के मतलब भो ?

क्लियर, चिटिक्क मिलेको मुहार , कतिल आँखा , संसार ढलाउने फिगर छैन, पातला सिरलिक्क परेका fingure, लामा लामा नङ छैनन्, तिमीलाई के मतलब भो ? भन न तिमीलाई के मतलब भो? छ फीट अग्लो शरीर , लामो सिरलिक्कको कपाल छैन, होलो पाइन्ट लगाउँछु, हिडाई हेर्दा केटा अनि मुहार हेर्दा केटी जस्तै देखिन्छु, हिडाई बाट मेरो लिङ्ग किन चाइयो? भन न तिमीलाई के मतलब भो? लामो कपाल पनि गुजुल्टो पारेर हिड्छु, खुट्टामा गोल्डस्टार जुत्ता लगाउँछु, शरीरको रौँ म शेभ गर्दैन , आँखा माथि गाजल मोरे पनि लगाउँदैन , तिमीलाई के मतलब भो ? भन न तिमीलाई के मतलब भो?
तिमी अरूको खुसी को जतिनै ख्याल किन नगर तिम्रो खुसी हेर्ने तिमी स्वयं पनि हुँदैनौं ।

Popular posts from this blog

सपना की विपना ???

के मेरो गल्ती हो?