कोटा

 यहाँ जात हेरेर कोठा दिहिन्छ,

जात हेरेर शिर कति निहुराउने घोषणा गरिन्छ,

कोटा दिएर न्याय दिए जस्तै लाग्छ ?

कोटा पाएर न्याय पाए जस्तै लाग्छ ?


सरकारी कार्यालयमा त कोटा पाइयो ,

तर राजधानीमा कोटा पाउन सारै गार्हो छ,

कोटा दिएर न्याय दिए जस्तै लाग्छ ?

कोटा पाएर न्याय पाए जस्तै लाग्छ ?


मन्दिरको कुन छेउ सम्म जाने जात हेरेर घोषणा गरिन्छ,

Open बाटै नाम निकाले पनि तैंले त कोटा पाउँथिस् भनिन्छ,

 कोटा दिएर न्याय दिए जस्तै लाग्छ ?

कोटा पाएर न्याय पाए जस्तै लाग्छ ?


सायद मैले छोएको मुखबाट मात्र हाल्न नमिल्ने रहेछ,

नसाबाट त जात नसोधी जत्ति पनि हालिन्छ,

कोटा दिएर न्याय दिए जस्तै लाग्छ ?

कोटा पाएर न्याय पाए जस्तै लाग्छ ?


Comments

Popular posts from this blog

सपना की विपना ???

के मेरो गल्ती हो?