बिहानी

 बिहानी सधैं कालो बादलले छोपेर कहा आउँछ र?

त्यो खोला आफ्नो सतह छोडेर कति दिन बड्छ र?

त्यो डढेलो हुरहुरी कति दिन बोल्छ र?

त्यो सुन्दर फूलले बास्ना नछरी संसार चल्छ र??


मर्नु त सबैलाई एकदिन छदै छ ,तर नजन्मी कोही मर्छ र?

मुस्कान सुखमा मात्र आउने भए, हिलोमा पनि त्यो कमल फुल्थ्यो र?

अन्धकार नराम्रो भए, सुन्दर बिहानी हुन्थ्यो र?

एकपटक असफल नभई, सफलताको महत्त्व हुन्छ र??


आजको बिहानी अलि फरक छ, बिहानी नै भए पनि अन्धकार छ,

तर भोलि अबस्य उज्यालो हुने छ,

त्यो घामको किरणले मेरो मुहार छुनेछ,

बिहान उठेर मोबाइल खोल्न होइन ड्रेस लगाउन हतार  हुनेछ ।।


Comments

Popular posts from this blog

सपना की विपना ???

के मेरो गल्ती हो?