न्याय कसले दिन्छ?
आगोले पोलेर उठेको एउटा फोकोसँग डराउने म,
बलात्कृत छोरीको दुखाइ कल्पना पनि गर्न सक्दिन,
काँडै काँडा बीच मुस्कुराइरहेको फूलको मुस्कान छिन्नेलाई,
प्रेम गर्छु भनेर शरीर सुम्सुम्याउने लाई,
खई कसले सजाए दिन सक्छ र ???
बाबुको न्यानो माया पाएर हुर्किएकी म,
बाबुबाट बलात्कृत हुने छोरीको पीडा कल्पना पनि गर्न सक्दैन,
मायाले एकवर्ष पालेर, त्यही काटी दशै मनाउने लाई,
ठूलो पदमा बसी बेन्च मुनिबाट गोजी भर्नेलाई,
खई कसले के गर्न सक्यो र??
शिक्षक शिक्षिकाको माया पाएर हुर्किएकी म,
गुरुकै नराम्रो नजर कल्पना पनि गर्न सक्दैन,
भगवानको सृष्टि लाई नै बलि चढाउने लाई,
आफ्नै सन्तानलाई पीडा दिनेलाई,
खई कसले के गर्न सक्यो र??
आठ वर्ष देखि घर छोडेर, सबैको नजर पढ्न सक्छु भन्ने म,
आफ्नै भनिएको हिँसा भोगेकाको पीडा कल्पना पनि गर्न सक्दिन,
देश बीच घर किन्नेलाई,
खोला बेची पौंडी पोखरी बनाउनेलाई,
खई कसले सजाए दिन सक्छ र ???
एकपटक फोन गरेर बुबा भन्दा सन्देश बक्समा पैसा आएको सन्देश पाएकी म,
भोक भोकै गाउँको बाटो तकेकाको भोकाई कल्पना पनि गर्न सक्दैन,
खेतमा पानी चार्छु भनी खोलौ हल्दिनेलाई,
समाजको अगुवा बनी, विकृति फैलाउनेलाई,
खई कसले के गर्न सक्यो र??
पढ्न जे चाईयो त्यही पाएकी म,
पढ्ने चाहाना हुँदा हुँदै पढ्न नपाएका पीडा सोच्न पनि सक्दैन,
गरीबलाई शिक्षा बेची परिवारलाई शिक्षा दिनेलाई,
बेन्चमुनिको पैसाबाट छोराछोरी पढाउने लाई,
खई कसले के गर्न सक्यो र??
एउटा कोठा भाडामा लिएर परिवार, आफ्नो सपना पूरा गर्न बसेकी म,
राजधानीमा घर ठडाएर बस्नेको जीवन अनुमान पनि लगाउन सक्दैन,
सरकारले एकदुई महिनाको भाडा छुट गरिदेऊ भन्दानी लिनेलाई ,
मानवता पुँजीमा बेच्नेलाई,
खै कसले सम्झाउन सक्यो र??
खर्च तल माथि हुँदा कहिले कहिले आमाबुबाको झगडा सुनेकी म,
कुनै कुरामा तनाव छैन जस्तै देखिने परिवारमा छोडपत्र गर्नेको मानसिकता सोच्न पनि सक्दैन,
प्रेम हुँदा हुँदै एउटै छत मुनि बस्न नसक्ने लाई ,
आधा सम्पतिको लागि विवाहमा छोडपत्र गर्नेलाई,
खै कसले सम्झाउन सक्यो र??
आमाबाकाे झगडामा पनि माया देखेकी म,
प्रेमको प्रमाणको लागि शरीर सुम्पिएको पीडा बुझ्न पनि सक्दैन,
प्रेममा शारीरिक सम्बन्ध खोज्नेलाई ,
मौरीको लागि आहार नछोडी मह कट्नेलाइ,
खै कसले के भन्न सक्यो र???
Comments
Post a Comment