के मेरो गल्ती हो?

 म समाजले भने अनुसार ठूलो जात बाहुनकी छोरी, मैले समाजले तल्लो जात भनिएकाको घरमा पानी माग्दा ' हजुरहरुले हामीले छोएको खानु हुन्न ' भन्ने तिमी दमाई दाइको गल्तीकी, म पाँच वर्षकी बालिकाको गल्ती ?

मैले तिमीलाई छोएको केही कुरा माग्दा तिमीले खानु हुन्न, हजुरहरुले छुनु हुन्न भन्ने तिमी , अनि आज म २० वर्ष को हुँदा मैले तिमीले छोएको नखाए मेरो गल्ती ? कक्षा कोठामा आएर दलितहरूलाई आज यति पैसा बढ्दै छ भनेर म बाहुन भएको मा त्यो कुरा बाट बचत गराएर मलाई ठूलो देखाइदिने यो सरकार को गल्ती की, ५ वर्षकी बालिका को गल्ती ? आम्दानी होइन यहाँ जात हेरेर अनुदान दिइन्छ अनि मलाई यो समाज भन्दा ठूलो देखाइन्छ, अनि आज आएर मेरै गल्ती भयो?  

दमाई/ कामी ( समाजले तल्लो जात भनेर चिनिएका) अंकल/आन्टी, हजुरआमा/हजुरबा म पाँच वर्षको हुँदै बाट किन मलाई ठूलो स्थान दियौ , मलाई ठूलो को आवास किन दिलायौ ? याे सबमा हजुरहरुले आफ्नो हात, याे जातीय कुरालाई अघि बढाउन भएको कत्तिको देख्नु हुन्छ? 

अनि मेरो उमेरका म भन्दा साना ठूला दाईभाई, दिदीबहिनी, साथीभाइ हजुरहरुले म चुप लागेर हजुरहरुले छोएको खान लाग्दा 'बाहुनकी छोरी हामीले छोएको खन्नौं होला है ' बन्ने प्रश्न किन आउँछ? मलाई पहिला पहिलामा ठूलो जात: बाहुनकी छोरी किन ठहराइन्छ ?हजुरहरुले छोएको पानी मैले खानु हुँदैन भनेर किन सम्झाइन्छ? मैले मलाई बाहुन भनेर चिनाउन नखोज्दा पनि मलाई बाहुनको उपाधि किन दिलाइन्छ?


Comments

Popular posts from this blog

सपना की विपना ???