मलाई भारत भनी चिनिदै छ
मैले अन्तर्जातीय बिहे गरेको पनि होइन ,
म अन्तर्जातीय बुबाआमाको सन्तान पनि होइन,
तर पनि मलाई सीमा पारी किन?
म तिम्रै सन्तान हुँ आमा, मलाई तिमी भन्दा टाढा किन?
किन के गरे र मैले मलाई मेरै परिचय बाट टाढा भारत भनी चिनैदै छ???
सुन्दर भएर आमाको काख बाट टाढा हुनु भन्दा ,
कुरुप भएर तिम्रो काखमा बस्नु मन छ,
सुखमा हाँस्नु अनि दुख्ख मा तिमी सँगै रुनु मन छ ।
निदाउँदा होस् या जग्दा तिमीसँगै हुनु मन छ ।
किन के गरे र मैले मलाई मेरै परिचय बाट टाढा भारत भनी चिनैदै छ???
म नेपालको छोरी होइन नी बिहे गरेर भारतलाई दिन ,
म छोरी होइन नी मेरो हत्या भए पनि मेरो कुरा २ दिनमा हराउन,
म अविवाहित तिम्रो छोरा हुँ, र पनि मलाई किन छुट्याउँदै छ ?
किन के गरे र मैले मलाई मेरै परिचय बाट टाढा भारत भनी चिनैदै छ???
म निर्मला होइन निर्मल हुँ,
म सम्झना होइन संयोग हुँ,
म बलात्कार भए पनि गल्ती मेरै हुन्छ ,
कृपया आमा मलाई बचाऊ ।
किन के गरे र मैले मलाई मेरै परिचय बाट टाढा भारत भनी चिनैदै छ???
छोरी भएको भए मलाई असहज भएको कुरा चर्चा त हुन्थ्यो,
तर म छोरा हुँ , यहाँ छोरालाई केही हुँदैन ,
केही भयो भन्दा कसैले सुन्दैन,
म चिच्याएको मेरै आमाले पनि सुनिनन् ।
किन के गरे र मैले मलाई मेरै परिचय बाट टाढा भारत भनी चिनैदै छ???
म जस्ता थुप्रै भाई टुक्रिएर भारत बन्दै छन्,
हामी चिच्याएर घाटी सुकाउँदै छौं,
खै किन चुप छिन् हाम्री आमा, हामीले भारत पठाउँदै छिन्,
किन के गरे र मैले मलाई मेरै परिचय बाट टाढा भारत भनी चिनैदै छ???
Comments
Post a Comment