बाआमाका बाआमा

 याद नआउने कहा हो र, तिम्रो त्यो न्यानो मायाको ..

मन नभक्कनिने कहाँ हो र हेर्न नपाउँदा तिम्रो सुन्दर मुस्कान त्यो..

दशैंमा टीका थाप्न आउन नपाउँदा पनि आशीर्वाद र त्यो खमको ..

सारै याद आउँछ हजुरहरुको त्यो स्पर्शको ।।


तैंले हराउँछन् भनेर आशीर्वाद र टीका मलाई अनि दक्षिणा आमाको झोलामा भएको...

त्यो गोठको अगेनामा पोलेर छाला कालो भएको त्यो आलुको..

मलाई कत्ति काम गर्न मन लाग्दा पनि आफ्नै घर गएर गरेस यहाँ गर्नु पर्दैन भन्दै हजुर कराएको ...

सारै याद आउँछ हजुरहरुले मायाले सुम्सुमाएको ।।


मेरो मुहार देख्दा ओठ तन्किएर चाउरी परेका ती गालाको...

कहिले आउँछ भनेर दिनदिनै पारी पारी सम्म डुल्ने त्यो सोच्छ मनको ...

मलाई भनेर त्यो पुरानो बाकसमा राखेका किसमिस काजुको...

सारै याद आउँछ हजुरहरुको त्यो मायालु हेराइको ।


पछुतो सारै कम कुराको लाग्छ ..

तर हजुरले दिएको त्यो नौनी घिउ खान्न भनेर हिँड्नु नहुने जस्तै लाग्छ..

सानामा भनेको नमानेर कत्ति दुःख दिए है, सबै मान्नु पर्ने जस्तै लाग्छ..

यता आ भन्दा टाढा टाढा कत्ति भागेको छु है, सधैं हजुरको काखमा बास्नु पर्न्ने जस्तै लाग्छ..

पछुतो त के भनुम् र नाधानिमा ठूलै भूल गरे जस्तै लाग्छ ।।


कति सुन्दर छौ है तिमी त्यो छाला चाउरिए पनि...

त्यो तिम्रो केश सारै सुन्दर देखिन्छ, कालो कपाल धेरै थोरै रहे पनि...

त्यो केश फेरि एकपटक सुम्सुम्याउनु मन छ,

पहिले त आउँथेन अब चिटिक्क हजुरलाई पर्नु मन छ ।।


धिक्कार छ, बुढो भएर सुन्दरता हराउँछ भन्ने हरुलाई..

आऊ हेर मेरा बाआमाका बाआमालाई,

चाउरेका गाला कति सुन्दर हुन्छन् भनेर ,...

त्यो फूलले केश कत्ति सुहाउँछ भनेर,...

धरधर काम्ने ती हात कत्ति सुन्दर छन् भनेर ।।








Comments

Popular posts from this blog

सपना की विपना ???

के मेरो गल्ती हो?