तिमीलाई के मतलब भो ?
क्लियर, चिटिक्क मिलेको मुहार ,
कतिल आँखा , संसार ढलाउने फिगर छैन,
पातला सिरलिक्क परेका fingure,
लामा लामा नङ छैनन्,
तिमीलाई के मतलब भो ?
भन न तिमीलाई के मतलब भो?
छ फीट अग्लो शरीर ,
लामो सिरलिक्कको कपाल छैन,
होलो पाइन्ट लगाउँछु,
हिडाई हेर्दा केटा अनि मुहार हेर्दा केटी जस्तै देखिन्छु,
हिडाई बाट मेरो लिङ्ग किन चाइयो?
भन न तिमीलाई के मतलब भो?
लामो कपाल पनि गुजुल्टो पारेर हिड्छु,
खुट्टामा गोल्डस्टार जुत्ता लगाउँछु,
शरीरको रौँ म शेभ गर्दैन ,
आँखा माथि गाजल मोरे पनि लगाउँदैन ,
तिमीलाई के मतलब भो ?
भन न तिमीलाई के मतलब भो?
Comments
Post a Comment