Happy interntional poetry day ❤️

 कविको लेखमा जस्तै सुन्दर बनोस् जीवन,

फोहोरको खातले चोपे पनि बाग्मती जस्तै बिस्तारै भएपनि बगोस् जीवन ,

धर्ती जस्तै जति तौल आफूमाथि भए पनि नडगमगियोस् जीवन,

हिलोको दुर्गन्ध लागि बताउँदै सुगन्ध छर्ने कमल जस्तै हुन्छ जीवन,

जस्तो जे भए पनि मुस्कुराउँदै बितोस जीवन ।।


माया कविको कल्पनामा जस्तै बनोस् 

कसैको साथले पनि संसार आफ्नो लागोस् ,

मिलनमा मात्र प्रेम होइन , बिछोडमा पनि रहिरहोस्,

सन्तानको खुसी: बाआमाको घर छोडाईमा कहिल्यै नहोस्,

माया संसारलाई अनि प्रेम एउटा सँग मात्र होस् ।।।


कविको कल्पनामा जस्तै प्रेमी प्रमिका पाइयोस्,

आँखामा आँखा जुद्धा सबथोक थाहा पाइयोस्,

नदी नदी जस्तै माया मिलेर समुन्द्र बनोस्,

हरेक फूलले जस्तै प्रेमले सुगन्ध छरोस्,

भावना सँग जोडिएको प्रेम सबैलाई मिलोस् ।।

Comments

Popular posts from this blog

सपना की विपना ???

के मेरो गल्ती हो?