स्थानीय चुनावको सन्धर्भमा एउटा कविता
एक फेर फेरी विकासको ढोका खुल्न लागिराछ सबै नेता गाउँ गाउँमा खुट्टा ढोगीराछन् ।। फेरी एक फेर देशले काँचुली फेर्ला जस्तो लागिराछ अब स्वर्ग स्वर्ग नै अनि नर्क नर्क नै हुन्छ जस्तो लागिराछ।। ठूला ठूला नेता देशभर घुमिराछन् गाउँ गाउँमा गै मतदान मलाई भनी बिन्ती गरिराछन्।। दसौं वर्षपछी गाउँमा गै आशा जागाइराछन् विकास गर्छु भनी जनताको मन जित्ने कोसिस गरिराछन्।। हजार रुपैयाँमा बिक्ने हामी नेपालीलाई किन्ने कोसिस गरिराछन् देशकै लागि मर्छु बाच्छु भनी झुठो कसम फेरी खाईराछन्।। पुरानै जस्ता जनता सम्झी हजार रुप्पेमा बैना गर्दै हिडिराछन् मैले नै धेरै मत ल्याउँछु भनी खुशी मनाउनमै बेस्त छन्।। भुले की क्या हो नेताहरुले दसौं वर्ष अघि उनीहरुले फुटवल खेलेका भकुन्डा हौँ हामी ऐले आई तिनै भकुन्डाका खुट्टा किन छुनु फेरी।। नेताले भुले होलान जनताका मन मनमा छन् यी कुरा सचेत छौ भने जनता मौका पाको बेला चौका हान खेल फुटवल खेल।। बजारमा राखेका बस्तु जस्तै हजारमा किन्न खोजिराछन् हामीलाई बजारको एउटा कठपुतली जस्तै सम्झिराछन्।। मतदान र रगतदान सबैभन्दा ठूलो दान भन्छन् आजका जनता...