When you are happy, everyone is around you, but in times of sorrow, no one is around
सपना की विपना ???
सायद सपना देख्दा देख्दै विपनालाई बिर्सेछु क्यारे मैले।। बाबा हजुरले भनेका सबैकुरालाई भुलेछु क्यारे मैले।। आमा हजुरले मबाट आश गरेका सबै सपना चक्नाचुर परेछु मैले ।। सपना देख्दा देख्दै विपनालाई पनि स्पनानै मान्न थालेछु मैले।। विपना हो यो , येथर्था हो यो.. तर यसलाई स्वाकार्न किन गारो भइरहेको छ?? आजसम्म सधै सपना विपना होस् भन्ने म.. आज किन विपना सपना बने हुन्थ्यो जस्तै लागिरहेको छ??? सधै आमा बुबाको सपनालाई आफ्नो मान्ने म, आँखा चिम्लेर देखेको रहिछु क्यारे ...... खुल्ला आँखाले नै देखेको जस्तै लाग्थ्यो , कता कता निदाएछु क्यारे।।। मैले मेहिनेत नगरेको पनि होइन, सायद मेरो मेहीनेतलाई कसैले बुझेन ..... सधै साथ दिने यो भाग्येले , सायद आजकल मलाई साथ दिदैन ।। सबैको साथ थियो खुसी थियो जीवन , आजकल साथ छुट्दै गइरहेको छ।। हासो धेरै भएछ क्यारे, आँसुले साथ रोज्दै छ।।।
Comments
Post a Comment