गौतमबुद्ध रंगशालाको सपना
पाँच दिन सम्म म यो विषयमा लेख्दैन, सोच्दैन भनेर बसेको थिए तर सुन्तलीको आँसुले मलाई लेख्नलाई बाध्य बनायो ।
सायद दश वर्षमा यो रंगशाला बन्छ होला जसरी नी जस्तै लाग्छ । १० वर्ष नभए १४/१५ वर्ष सम्म त पक्कै बन्छ होला । १४/१५ वर्ष सम्म त पक्कै मेरो बिहे हुन्छ होला है? अनि २० वर्षमा त मेरी छोरीको किताबमा मेरो देशको सान 'गौतम बुद्ध रंगशाला ' भन्ने पाठ हुन्छ होला । अइलेका देश हाँक्ने नेताको कत्तिको सोर्गबास हुन्छ होला, तर होइन नर्गबास हुन्छ होला। अनि मेरा प्यारा , मेरो मुटु भित्र बसेका कलाकार पनि अलि बुढा हुन्छन् होला । अब २० वर्षमा त फिल्ममा पनि आमाबा, हजुरबाआमा को रोल निभाइरहेका हुन्छन् होला है दुर्मुस सुन्तलीले। अनि म पनि सायद समयले साथ, भाग्य सँगै मेहिनेत पुगे Er. Sharma भएको हुन्छ होला ।२० वर्ष सम्म उहाँहरुलाई प्रतक्ष त केहीले देख्न पाउला नपाउला तर उहाँहरुको लाई माया, सम्मान, भरोस म माथि भरिएको छ । आज २० वर्ष को हुँदा सम्म पनि एक रुपैयाँ नकमाएको म हजुरहरुलाई सानै सहयोग गर्न पनि असमर्थ छु । तर मलाई मेरो छोरीको किताबमा भएका प्रश्न को जवाफ यसरी दिन्छु भनेर ऐले नै प्रश्न उत्तर सबै मनमा राखेको छु ।
प्रश्न नं १. गौतमबुद्ध रंगशाला कसले बनाएको थियो ?
उत्तर : एउटा तिमी जस्तै प्यारी छोरीको आमाबाले । अनि उत्तर थप्दै भन्ने छु छोरी तिमी जस्तै सानी माया लाग्दी छोरीलाई छोडेर आफू देशको सपुत बन्न हिँडेका थिए उनीहरु । थाहा छ छोरी म तिमीलाई जति कसैलाई माया गर्दैन तर उहाँहरू ले सन्तानको मायालाई पछि राखेर हाम्रो देश नेपाल धर्ती आमालाई माया गर्नु भएको छ । यदि उहाँ जस्तो एउटै पनि नेता देशमा भएको मेरो देश सोर्ग भन्दा सुन्दर हुन्थ्यो। उहाँहरुलाई नेता बन्नु भनेको होइन तर उहाँको नजरले कसैले देशलाई हेरिदिए हुन्थ्यौं जस्तै लाग्छ। ''बाबाके भन्नु भको मैले त बुझेन' छोरीको आवाज आउँछ । म त भुलेछु मेरी छोरी सानै छ , ५० वर्षको मान्छेले त बुझ्न नसक्ने कुरा कसरी बुजोस् उसले। अनि आफ्नो answer लाई coverup गर्दै भन्छु केही होइन नानी । फेरि सोध्छिन् बाबा भन्नु न के कसले बनाएको गौतमबुद्ध रंगशाला ? म कुञ्जना घिमिरे र सीताराम कटेल ले भन्दै उत्तर सक्छु ।
-Semkala Sharma
Pyuthan
Comments
Post a Comment