म समाजले भने अनुसार ठूलो जात बाहुनकी छोरी, मैले समाजले तल्लो जात भनिएकाको घरमा पानी माग्दा ' हजुरहरुले हामीले छोएको खानु हुन्न ' भन्ने तिमी दमाई दाइको गल्तीकी, म पाँच वर्षकी बालिकाको गल्ती ? मैले तिमीलाई छोएको केही कुरा माग्दा तिमीले खानु हुन्न, हजुरहरुले छुनु हुन्न भन्ने तिमी , अनि आज म २० वर्ष को हुँदा मैले तिमीले छोएको नखाए मेरो गल्ती ? कक्षा कोठामा आएर दलितहरूलाई आज यति पैसा बढ्दै छ भनेर म बाहुन भएको मा त्यो कुरा बाट बचत गराएर मलाई ठूलो देखाइदिने यो सरकार को गल्ती की, ५ वर्षकी बालिका को गल्ती ? आम्दानी होइन यहाँ जात हेरेर अनुदान दिइन्छ अनि मलाई यो समाज भन्दा ठूलो देखाइन्छ, अनि आज आएर मेरै गल्ती भयो? दमाई/ कामी ( समाजले तल्लो जात भनेर चिनिएका) अंकल/आन्टी, हजुरआमा/हजुरबा म पाँच वर्षको हुँदै बाट किन मलाई ठूलो स्थान दियौ , मलाई ठूलो को आवास किन दिलायौ ? याे सबमा हजुरहरुले आफ्नो हात, याे जातीय कुरालाई अघि बढाउन भएको कत्तिको देख्नु हुन्छ? अनि मेरो उमेरका म भन्दा साना ठूला दाईभाई, दिदीबहिनी, साथीभाइ हजुरहरुले म चुप लागेर हजुरहरुले छोएको खान लाग्दा 'बाहुनकी छोरी ह...