उपनामका अर्थहरू
मेरो
उपनाम राख्ने साथी धेरै छन्
मलाई
मेरो उपनामबाट बोलाउने मनहरू
धेरै छन् ॥
कसैको
लागी महत् पूर्ण भए राख्छन्,
उपनाम
भन्छन्
किन
होला धेरै साथीले मलाई उपनाम
दिन्छन् ॥
राम्रो
नजरले वा नराम्रो,
दुबैको
आ-आफ्नो
अर्थ छ,
मेरो
जीवनमा सबै उपनामको आ-आफ्नो
अर्थ छ ॥
मेरो
उपनाम राख्नेहरू,
मेरो
लागी पनि केही खस छन्
फुच्ची
नाम दिनेहरू सबै मेरो आशामा
छन् ॥
कसैले
मलाई रुन्ची भन्छन्,
कसैले
मुसी
कसैले
मलाई रुने-मुसी
पनि भन्छन्,॥
म
धेरै छिटै रुने भएर रहयो नाम
रुन्ची
मुसो
जस्तै चटपट चटपट गरेर मलाई
मुसी रे ॥
कसैले
मलाई डिअर भन्छन् त,
कसैले
जानु पनि भन्ने गर्छन्॥
उनीहरुको
जीवनमा होइन,
मित्रतामा
आएकाले, माया
गरेर भनेको भन्छन्॥
कसैले
मलाई पुन्टी भन्छन्,
कसैले
डल्ली पनि भन्ने गर्छन्॥
यी
दुवै उपनाममा
कसैले
मलाई गंगुताई भन्छन्॥
कसैले
गंगु मात्र पनि भन्ने गर्छन्
यी
उपनाम मेरो वास्तविक नामबाट
जुरेको भन्छन्
तर
सबै भन्दा धेरै मलाई गंगा नै
भन्छन् ॥
Comments
Post a Comment