आमा
को
हौ तिमी छाती दुखाई दुखाई
स्तनपान गराउने?
आफ्नो
पेट खाली राखी हाम्रो पेट
भरिदिने?
अरू
मान्छे भन्दा माथी छौ तर भगवान
भन्न नमिल्ने
अरूले
भगवान देखिन भन्छन् म त सधैँ
देख्छु भन्दै हिंडे
को
हौ तिमी, आमा
चाहे आमा, बुबा
चाहे बुबा, साथी
चाहे साथी बनिदिने?
निद्रा
नलाग्दा दोहोरि गाई निद्रा
पारिदिने
नराम्रो
काममा हात हाल्न नदिने,
राम्रो
बाट निकाल्न नदिने
अरूले
मान्छे नबित्दै फोटोमा माला
चढाउनु हुँदैन भन्छन् मैले
चढाएँ
को
हौ तिमी बस्छु भन्दा बसाइदिने,
खान्छु
भन्दा खुवाईदिने,
खेल्छु
भन्दा खेलाइदिने?
आधा
राती घुम्छु भन्दा पनि केहि
नभनी घुमाइदिने
घाम
पनि नभनी हाम्रै लागी पसिना
चुहाइदिने
अरूले
त के के पुगेन भन्छन् तर मैले
हजुरमै सबथोक भेटाएं?
को
हौ तिमी आफ्नो ओठ सुकाई हाम्रो
ओठ भिझाइदिने?
आफु
मोरेर भएपनि हामीलाई जीवनदान
दिने ?
हाम्रै
लागी आफ्नो घर छोडी अर्काको
घर आइदिने
अरुले
मन्दिरमा भगवान भेट्छु भन्छन्,
मैले
त घरमै भेटाए
को
हौ तिमि हाम्लाई खुवाएर भोकै
अगाए भन्ने ?
हाम्लाई
हसाइ ढुखमा नि मा हासे भन्ने
??
हाम्ले
आशु बगाउदा हामी संगै आशु
बगाउने
अरुले
आफुलाई माया गर्ने मान्छे
भेटिन भन्छन ,मैले
त नजन्मिदै भेटाए
Comments
Post a Comment