अभिभावक
टाउकोले
थाम्न नसकी बोकेको त्यो भारी
खुट्टाले
थाम्न नसकी थरथर कामेका ती
खुट्टा
कसैको
भरमा नपरी गरेको त्यो इमानदारी
यसले
ठुलो प्रेरणा दिन्छ जीवनमा
अघि बढ्नको लागी
हर
समय परिवार सम्झेर गरेका ती
दुःखहरू
आफ्नो
लागी होइन सन्तानको लागी
बोकेका ती भारीहरू
आफ्नो
होइन सन्तानको भविष्य सोचेका
ती सम्झनाहरू
आफ्नो
ओठ सुकाई, सन्तानको
ओठमा हाँसो ल्याउने ती प्रयासहरू
गाउँ
छोडी सहरमा आइ गरेका ती दुःखहरू
सन्तानकै
लागी सब थोक छोडी गरेका ती
प्रयासहरू
बहुमूल्यले
छन् हाम्रा लागी गरेका सबै
प्रयासहरू
महान्
छन् ती घामपानी नभनी कहिले
पसिनाले त कहिले पानीले भिजेका
शरीरहरू
सम्मान
गर्न लाएक छन्, ती
सन्तानको बारेमा मात्र सोच्ने
ती दिमागहरू
सन्तानको
पेट नभरी कहिल्यै नभरिने ती
पेटहरू
सन्तान
नानिधाई ननिधाउने ती आँखाहरू
आधा
उमेरसम्म यस्तै गरि स्याहार
गर्छन्, अनि
छोडी जान्छन्....
Comments
Post a Comment