सोचेजस्तै बनाइदेउन
रगत
जाँच्न त अस्पताल जानुपर्छ
आफ्नो
दिमाग नाप्न जान मिल्ने ठाउँ
बनाइदेउन
मेरो
मनमा के चलिराछ भनि नाप्न
मिल्ने साधन बनाइदेउन
भोली
म के गर्च्छु भनि हेर्न सक्ने
लेन्स बनाइदेउन।।
को
कस्तो छ भनेर हेरेर नै थाहा
पाउना सक्ने चस्मा बनाइदेउन
मैले
कसलाई घृणा अनि कसलाई माया
गर्छु भनि नाप्न मिल्ने यन्त्र
बनाइदेउन
मैले
उड्न भने उड्ने,
गुड्न
भने गुड्ने मेरो मिल्ने साथी
बनाइदेउन
केही
नपढी कक्षा टप्न सक्ने सुत्र
बनाइदेउन।।
म
नसुती मेरो निद्रा पुग्ने
टेक्निक सिकाईदेउन
एक
फेर जिवन भरिलाई पुग्ने खाना
बनाइदेउन
सास
नफेरी आम जनताझैँ काम गर्न
सक्ने मलाई बनाइदेउन
म
मोरे पनि बचाउन सक्ने औषधी
बनाइदेउन।।
यो
काठमण्डौमा धुवा धूलो नखाई
बच्ने मलाई बनाइदेउन
जिन्दगीमा
हार नखाई अघि बढ्न सक्ने सक्षम
बनाइदेउन
जसले
जे भनेपनि मन नदुखाउने कठोर
बनाइदेउन
हे
भगवान् , सक्छौ
भने यी सबै कुरा पुर्याइदिने
मिल्ने साथी बनाइदेउन।।
Comments
Post a Comment