पागलबाट फेरियो नाम साइको

पागल भन्दैनन् आज मलाई
केबल साईको नामले बोलाउँछन्
मलाई साईको देख्छन्,
मेरो साइको पनमै रमाउँछन् ॥


मेरो मायालाई सम्झी पागल भइदिन्छन्
अनि मलाई उपनाम राखी साईको भनि बोलाउँछन्
मेरो नाम साईको का बाट भयो कि त राख्नेलाई कि त भन्नेलाई थाहा होला
मेरो साईकोपन हेर्न हुन्छन् रे सबै भेला॥


आधुनिकताले होला पागललाई साईको भनि बोलाउँछन्
के भयो आज आफ्नो भाषा भन्दा अरूकै भाषामा रमाउँछन्
पागल भनि बोलाउन खोज्दा, साईको भनि बोलाउँछन्
मन त नेपाली हो भनि गफ लडाउँछन्॥


साथी मा तिम्रो लागी साईको त, आमाको लागी मुटुको टुक्क्रा
कसैको लागी पागल त, गुरुको लागी देखाएको बाटोमा हिँड्ने मार्ग कर्ता
मेरो भाषण चिहानेहरूको लागी भाषण कर्ता
मेरो माया चिहानेहरूको लागी पागल प्रेमी ॥


जुन अवस्थामा जस्तो पनि बनी दिन सक्छु
मा बाट जे चाहन्छन् त्यै पुर्याई दिन सक्छु
साईको भन्दा साईकोपन ल्याउन सक्छु
जो जेमा रमाउँछ उसलाई रमाउने गराउन सक्छु ॥


पागलबाट मेरो नाम साईकोमा परिवर्तन भयो
मलाई पागल भन्ने साथी का गयो गयो, साईको भन्ने आयो
पागल र साईको मा धेरै फरक छ जस्तो लाग्थ्यो
अंग्रेजीमा पागललाई साईको भन्छन् भन्दा दुवै साथी एउटै लाग्यो॥

मेरो नाम त परिवर्तन गरेऊ, मलाई केही फरक लाग्दैन
पागल भने पनि साईको भने पनि मेरो वास्तविकता सजिलै थाहा पाउँछौ जस्तो लाग्दैन
साँच्चिकै साथी मा जस्तो भए पनि जे जे भन फरक पर्दैन
तर कृपया नेपाली नभनी अरु देशको नागरिक कहिल्यै नभन ॥ 

Comments

Popular posts from this blog

सपना की विपना ???

के मेरो गल्ती हो?