साथीको लागी बलिदान

जहाँ गए पनि सधैँ यस्तै साथी मैले किन भेट्छु?
जहाँ गए नि मेरो लागि आफू लड्ने साथी किन भेट्छु?
जो सँग नि म सानो कुरा मा किन रिसाउँछु?
एउटाको रिस लागि अर्को लाई किन पोख्छु?


जा गए पनि मेरो कुरा अन्तिममा बुझ्छन् ?
जहिले मेरो बानी सम्झी पछि किन पछुताउँछन् ?
म सबैसँग बोलेको देख्दा कोही किन रिसाउँछन् ?
मेरो बानी पछि बल्ल किन मन पराउँछन् ?


मसँग बोल्दा सम्म सबै मेरो कुराले रिसाउँछन्?
बोल्न छोडे पछि किन यती धेरै पछुताउँछन्?
मैले आफै माफ माग्दा पनि फेरी किन भाउ खोज्छन्?
अझै रिसाएको जस्तै नाटक किन गरि रहन्छन् ?


मैले माफ माग्दा फेरी मुसुमुसु मुस्कुराउन्
तर फेरी किन यती ठूलो नाटक गर्छन्?
मलाई थाहा छ, आफ्नो भन्दा मेरो धेरै पिर मान्छन्
तैपनि किन फेरी मेरो मित्रतामा किन तरबार ल्याउँछन् ?




जस्तो जे जे भए पनि मेरो मित्रता अब्बल छ
तेस्ता तरबारलाई कुल्ची हामी अघि बढ्न सक्छौ
कसैले आँखा लगायो भने आँखा झिकी गुच्छा खेल्न सक्छौ
कसैले कुदृष्टिले हेरे भने, दृष्टि बिन बनाइदिन सक्छौ


हाम्रो मित्रतामा सहयोग गर्ने साथीलाई हामी सम्मान गर्छौ
नजर गाड्ने लाई सबै भन्दा राम्रो उपहार दिन्छौ
उसको बानी मलाई, मेरो उसलाई मन नपरेनी, हामी सधैँ साथ दिन्छौ
अरूले के के गरे थाहा छैन हामी हाम्रो मित्रताको अबस्य नाम लेख्छौ


मित्रतामा प्रेममा भन्दा ठूलो शक्ति हुन्छ
प्रेम छुट्नु भन्दा मित्रता छुट्दा मुटु धेरै दुख्छ
पहिले जसको गल्ती भेटे पनि पछि आफ्नै भेटिन्छ
सबै भन्दा धेरै झगडा हुने मित्रतामै पछि अब्बल मित्रता भेटिन्छ

Comments

Popular posts from this blog

सपना की विपना ???

के मेरो गल्ती हो?