भत्केको घर

भत्केको घरमा मेरो आशा बढ्दै गयो
आफूमा भन्दा धेरै मेरो घरमा मेरो भर बढ्यो
भत्किदैं छ, चोया गल्दै छ, पनि भित्र छिर्दै छ
छानो झर्दै छ, खर गल्दै छ, मेरो आशा बढ्दै छ


उमेर ढल्कँदै छ, मेरो बैँस फेरी फर्दकै छ
अझै यही घरमा बाच्ने आशा झन् झन् बढ्दै छ
थाम गल्दै छन्, धमिराले भित्र भित्र खादै छ
मेरो सरिरमा अझ बिमार बढ्दै छ


ढल्कँदै छ घर पश्चिम तर्फ
खर तल तल झर्दै छ
घर मेरो भत्कदै छ
तर मेरो आशा यसमै बढ्दै छ


यही घरमा बस्ने रहरले झन् झन् मलाई छाप्दै छ
छोरा बुहारीले घर छोडी घर आऊ भन्दै छन्
मेरो मनले यही घरले नै मलाई थाम्छ भन्दै छ
मेरो घर ढल्दै छ, मेरो आशा यसमै बढ्दै छ


पहिरो मेरो घर माथि झर्दै छ
घरले मेरो सहयोग मागिराछ
घरलाई भन्दा धेरै सहयोग मलाई चाहिराछ
घर ढल्किराछ, मेरो ढाड मस्किराछ


कहिल्लै नझर्ने पहिरो झर्न लाछ
कहिल्लै नआउने बाडी आइराछ
मेरो आशा झन् यही घरमै बडीराछ
पुरिराछ पहिरोले मेरो आशा झन् बडीराछ


छाती धड्कन छोड्न खोज्छ, मुटु चर्कन्छ
मेरो घरको पनि हालत उस्तै छ काठ पटकन्छ
चोया सबै गलेका छन्
मेरो भर यसमै परेको छ

Comments

Popular posts from this blog

सपना की विपना ???

के मेरो गल्ती हो?