Posts

Showing posts from November, 2017

अभिभावक

टाउकोले थाम्न नसकी बोकेको त्यो भारी खुट्टाले थाम्न नसकी थरथर कामेका ती खुट्टा कसैको भरमा नपरी गरेको त्यो इमानदारी यसले ठुलो प्रेरणा दिन्छ जीवनमा अघि बढ्नको लागी हर समय परिवार सम्झेर गरेका ती दुःखहरू आफ्नो लागी होइन सन्तानको लागी बोकेका ती भारीहरू आफ्नो होइन सन्तानको भविष्य सोचेका ती सम्झनाहरू आफ्नो ओठ सुकाई , सन्तानको ओठमा हाँसो ल्याउने ती प्रयासहरू गाउँ छोडी सहरमा आइ गरेका ती दुःखहरू सन्तानकै लागी सब थोक छोडी गरेका ती प्रयासहरू बहुमूल्यले छन् हाम्रा लागी गरेका सबै प्रयासहरू महान् छन् ती घामपानी नभनी कहिले पसिनाले त कहिले पानीले भिजेका शरीरहरू सम्मान गर्न लाएक छन् , ती सन्तानको बारेमा मात्र सोच्ने ती दिमागहरू सन्तानको पेट नभरी कहिल्यै नभरिने ती पेटहरू सन्तान नानिधाई ननिधाउने ती आँखाहरू आधा उमेरसम्म यस्तै गरि स्याहार गर्छन् , अनि छोडी जान्छन् ....

आमा

को हौ तिमी छाती दुखाई दुखाई स्तनपान गराउने ? आफ्नो पेट खाली राखी हाम्रो पेट भरिदिने ? अरू मान्छे भन्दा माथी छौ तर भगवान भन्न नमिल्ने अरूले भगवान देखिन भन्छन् म त सधैँ देख्छु भन्दै हिंडे को हौ तिमी , आमा चाहे आमा , बुबा चाहे बुबा , साथी चाहे साथी बनिदिने ? निद्रा नलाग्दा दोहोरि गाई निद्रा पारिदिने नराम्रो काममा हात हाल्न नदिने , राम्रो बाट निकाल्न नदिने अरूले मान्छे नबित्दै फोटोमा माला चढाउनु हुँदैन भन्छन् मैले चढाएँ को हौ तिमी बस्छु भन्दा बसाइदिने , खान्छु भन्दा खुवाईदिने , खेल्छु भन्दा खेलाइदिने ? आधा राती घुम्छु भन्दा पनि केहि नभनी घुमाइदिने घाम पनि नभनी हाम्रै लागी पसिना चुहाइदिने अरूले त के के पुगेन भन्छन् तर मैले हजुरमै सबथोक भेटाएं ? को हौ तिमी आफ्नो ओठ सुकाई हाम्रो ओठ भिझाइदिने ? आफु मोरेर भएपनि हामीलाई जीवनदान दिने ? हाम्रै लागी आफ्नो घर छोडी अर्काको घर आइदिने अरुले मन्दिरमा भगवान भेट्छु भन्छन् , मैले त घरमै भेटाए को हौ तिमि हाम्लाई खुवाएर भोकै अगाए भन्ने ? हाम्लाई हसाइ ढुखमा नि मा हासे भन्ने ?? हाम्ले आशु बगाउदा हामी सं...

उपनामका अर्थहरू

मेरो उपनाम राख्ने साथी धेरै छन् मलाई मेरो उपनामबाट बोलाउने मनहरू धेरै छन् ॥ कसैको लागी महत् पूर्ण भए राख्छन् , उपनाम भन्छन् किन होला धेरै साथीले मलाई उपनाम दिन्छन् ॥ राम्रो नजरले वा नराम्रो , दुबैको आ - आफ्नो अर्थ छ , मेरो जीवनमा सबै उपनामको आ - आफ्नो अर्थ छ ॥ मेरो उपनाम राख्नेहरू , मेरो लागी पनि केही खस छन् फुच्ची नाम दिनेहरू सबै मेरो आशामा छन् ॥ कसैले मलाई रुन्ची भन्छन् , कसैले मुसी कसैले मलाई रुने - मुसी पनि भन्छन् , ॥ म धेरै छिटै रुने भएर रहयो नाम रुन्ची मुसो जस्तै चटपट चटपट गरेर मलाई मुसी रे ॥ कसैले मलाई डिअर भन्छन् त , कसैले जानु पनि भन्ने गर्छन्॥ उनीहरुको जीवनमा होइन , मित्रतामा आएकाले , माया गरेर भनेको भन्छन्॥ कसैले मलाई पुन्टी भन्छन् , कसैले डल्ली पनि भन्ने गर्छन्॥ यी दुवै उपनाममा मेरो उचाई र मोटाईको चित्रण छ भन्छन्॥ कसैले मलाई गंगुताई भन्छन्॥ कसैले गंगु मात्र पनि भन्ने गर्छन् यी उपनाम मेरो वास्तविक नामबाट जुरेको भन्छन् तर सबै भन्दा धेरै मलाई गंगा नै भन्छन् ॥

जीवनमा प्रेमको स्थान

जन्मीए सानो परिवारमा दिदी पछिको म एक्लो छोरो सबको भर थियो ममा सबको आश भनेकै म थिए सबको भरोसा म हुर्किदै थिए सबको माया पाएर फुलफुल्लेको थिए सबै दोष दिदी जान्थ्यो जति गल्ति मैले गरे मेरो घरमा केटिको स्थान अलि तल थियो तेसैले मलाई केटि अलि सानै लाग्थ्यो ... सायद महिलालाई असक्षेम ठानेरै होला भगवानले म माथि गरे ठुलो धोका म बाट खोसे मेरो आविभावक आमाको सोउदो पुछिदिए अब झन सबै परिवारको जिम्बेबारी मेरो कादमा आयो सानै थिए , ४ कक्षामा पढथे , आमाको एक्लो छोरो अब परिवारमा पुरुष भनेकै म थिए सबको आशा भरोसा ममा थियो एक , दुइ बर्ष सोकमा बितेयो तेस्तै रैछ जीवन सबै भुली अगाडी बढ्नु पर्यो पढदै गए , आमाको आश बढ्दै गयो एक दिन प्रबेसीका परीक्षा पनि उत्तीर्ण गरे घरमा धेरै कुरा भयो मलाई काठमान्डौ पढन पठाउने अरे दिदी गाउँ मै पढथि म आए काठमाडौं आए काठमाडौं सहरमा , पुगे जस्तै लागेयो धुलोमाडौं आउन त आए काठमाडौं के पढ्ने थाहा थिएन ... मामाको छोरोसंग बस्न थाले एउटा सानो कोठा भाडामा लिएर के पढ्ने भन्ने दोधरैमा वास्तुकला भन्ने बिसय भेटियो वास्तु...

पागलबाट फेरियो नाम साइको

पागल भन्दैनन् आज मलाई केबल साईको नामले बोलाउँछन् मलाई साईको देख्छन् , मेरो साइको पनमै रमाउँछन् ॥ मेरो मायालाई सम्झी पागल भइदिन्छन् अनि मलाई उपनाम राखी साईको भनि बोलाउँछन् मेरो नाम साईको का बाट भयो कि त राख्नेलाई कि त भन्नेलाई थाहा होला मेरो साईकोपन हेर्न हुन्छन् रे सबै भेला॥ आधुनिकताले होला पागललाई साईको भनि बोलाउँछन् के भयो आज आफ्नो भाषा भन्दा अरूकै भाषामा रमाउँछन् पागल भनि बोलाउन खोज्दा , साईको भनि बोलाउँछन् मन त नेपाली हो भनि गफ लडाउँछन्॥ साथी मा तिम्रो लागी साईको त , आमाको लागी मुटुको टुक्क्रा कसैको लागी पागल त , गुरुको लागी देखाएको बाटोमा हिँड्ने मार्ग कर्ता मेरो भाषण चिहानेहरूको लागी भाषण कर्ता मेरो माया चिहानेहरूको लागी पागल प्रेमी ॥ जुन अवस्थामा जस्तो पनि बनी दिन सक्छु मा बाट जे चाहन्छन् त्यै पुर्याई दिन सक्छु साईको भन्दा साईकोपन ल्याउन सक्छु जो जेमा रमाउँछ उसलाई रमाउने गराउन सक्छु ॥ पागलबाट मेरो नाम साईकोमा परिवर्तन भयो मलाई पागल भन्ने साथी का गयो गयो , साईको भन्ने आयो पागल र साईको मा धेरै फरक छ जस्तो लाग्थ्यो...

भत्केको घर

भत्केको घरमा मेरो आशा बढ्दै गयो आफूमा भन्दा धेरै मेरो घरमा मेरो भर बढ्यो भत्किदैं छ , चोया गल्दै छ , पनि भित्र छिर्दै छ छानो झर्दै छ , खर गल्दै छ , मेरो आशा बढ्दै छ उमेर ढल्कँदै छ , मेरो बैँस फेरी फर्दकै छ अझै यही घरमा बाच्ने आशा झन् झन् बढ्दै छ थाम गल्दै छन् , धमिराले भित्र भित्र खादै छ मेरो सरिरमा अझ बिमार बढ्दै छ ढल्कँदै छ घर पश्चिम तर्फ खर तल तल झर्दै छ घर मेरो भत्कदै छ तर मेरो आशा यसमै बढ्दै छ यही घरमा बस्ने रहरले झन् झन् मलाई छाप्दै छ छोरा बुहारीले घर छोडी घर आऊ भन्दै छन् मेरो मनले यही घरले नै मलाई थाम्छ भन्दै छ मेरो घर ढल्दै छ , मेरो आशा यसमै बढ्दै छ पहिरो मेरो घर माथि झर्दै छ घरले मेरो सहयोग मागिराछ घरलाई भन्दा धेरै सहयोग मलाई चाहिराछ घर ढल्किराछ , मेरो ढाड मस्किराछ कहिल्लै नझर्ने पहिरो झर्न लाछ कहिल्लै नआउने बाडी आइराछ मेरो आशा झन् यही घरमै बडीराछ पुरिराछ पहिरोले मेरो आशा झन् बडीराछ छाती धड्कन छोड्न खोज्छ , मुटु चर्कन्छ मेरो घरको पनि हालत उस्तै छ काठ पटकन्छ चोया सबै गलेका छन् मेर...

साथीको लागी बलिदान

जहाँ गए पनि सधैँ यस्तै साथी मैले किन भेट्छु ? जहाँ गए नि मेरो लागि आफू लड्ने साथी किन भेट्छु ? जो सँग नि म सानो कुरा मा किन रिसाउँछु ? एउटाको रिस लागि अर्को लाई किन पोख्छु ? जा गए पनि मेरो कुरा अन्तिममा बुझ्छन् ? जहिले मेरो बानी सम्झी पछि किन पछुताउँछन् ? म सबैसँग बोलेको देख्दा कोही किन रिसाउँछन् ? मेरो बानी पछि बल्ल किन मन पराउँछन् ? मसँग बोल्दा सम्म सबै मेरो कुराले रिसाउँछन् ? बोल्न छोडे पछि किन यती धेरै पछुताउँछन् ? मैले आफै माफ माग्दा पनि फेरी किन भाउ खोज्छन् ? अझै रिसाएको जस्तै नाटक किन गरि रहन्छन् ? मैले माफ माग्दा फेरी मुसुमुसु मुस्कुराउन् तर फेरी किन यती ठूलो नाटक गर्छन् ? मलाई थाहा छ , आफ्नो भन्दा मेरो धेरै पिर मान्छन् तैपनि किन फेरी मेरो मित्रतामा किन तरबार ल्याउँछन् ? जस्तो जे जे भए पनि मेरो मित्रता अब्बल छ तेस्ता तरबारलाई कुल्ची हामी अघि बढ्न सक्छौ कसैले आँखा लगायो भने आँखा झिकी गुच्छा खेल्न सक्छौ कसैले कुदृष्टिले हेरे भने , दृष्टि बिन बनाइदिन सक्छौ हाम्रो मित्रतामा सहयोग गर्ने साथीलाई हामी सम्मान गर्छौ नजर ग...

सोचेजस्तै बनाइदेउन

रगत जाँच्न त अस्पताल जानुपर्छ आफ्नो दिमाग नाप्न जान मिल्ने ठाउँ बनाइदेउन मेरो मनमा के चलिराछ भनि नाप्न मिल्ने साधन बनाइदेउन भोली म के गर्च्छु भनि हेर्न सक्ने लेन्स बनाइदेउन।। को कस्तो छ भनेर हेरेर नै थाहा पाउना सक्ने चस्मा बनाइदेउन मैले कसलाई घृणा अनि कसलाई माया गर्छु भनि नाप्न मिल्ने यन्त्र बनाइदेउन मैले उड्न भने उड्ने , गुड्न भने गुड्ने मेरो मिल्ने साथी बनाइदेउन केही नपढी कक्षा टप्न सक्ने सुत्र बनाइदेउन।। म नसुती मेरो निद्रा पुग्ने टेक्निक सिकाईदेउन एक फेर जिवन भरिलाई पुग्ने खाना बनाइदेउन सास नफेरी आम जनताझैँ काम गर्न सक्ने मलाई बनाइदेउन म मोरे पनि बचाउन सक्ने औषधी बनाइदेउन।। यो काठमण्डौमा धुवा धूलो नखाई बच्ने मलाई बनाइदेउन जिन्दगीमा हार नखाई अघि बढ्न सक्ने सक्षम बनाइदेउन जसले जे भनेपनि मन नदुखाउने कठोर बनाइदेउन हे भगवान् , सक्छौ भने यी सबै कुरा पुर्याइदिने मिल्ने साथी बनाइदेउन।।

Popular posts from this blog

सपना की विपना ???

के मेरो गल्ती हो?