Posts

Showing posts from 2023

मेरो संसारको त्यो drawer

यो बन्ध कोठामा , मौनता भित्र मेरो संसार मात्र छ, मैले कलम चलाएको ध्वनि मात्र छ, सास फेर्दा ... बायु सरि चाल हुन्छ, पानि पिउदा ... झरनासरि गुड़गुड़ाहट हुन्छ, म छु.... अनि मेरो संसार यही बसेको छ, यी महंगा महंगा Architectural सामानहरु ... टेबलका द्रवेर हरुबाट ... मलाई चिहाउदै ... आफ्नो पालो कुर्दै छन्.. म डुबेको छू.... एउटा Sketch Book र पेन्सिल मा .... Water कलर, पेन्सिल कलर र अनेक सामानले.... म लाई पुकार्दै छन्... उनीहरुको आवाज का सुन्छु र म...? म आफ्नै Comfort Zone मा भुलेको छू.. वास !... Graphite को धुलोसंग खेल्दै .. Graphite को धुलो जस्तै ... यो कालो रात.., Drawer का रङ्ग जस्तै रंगीन हुदै जान्छ.. म हतारिन्छु.. प्रकृतिको रङ्गसंगै .. drawer मा भएका हरेक रङ्ग मिसाउन... म हराउन थाल्छु प्रकृतिको रङ्गमा फेरी... अनि हतासिन्छु प्रकृतिसंग पाइला चाल्न... मेरो संसार पछी छुटेको हुन्छ ... होसमा आइ पाइला चल्दा.... म नग्न हुन्छु ..... गहना बिनाकी नारी जस्तै... हो म  नग्न हुन्छु ... मेरो आफ्नो संसार को त्यो drawer बिना...    ...

सपना

 सपना चुम्ना छिरेको हु म सहर।। सपना देखेर .... र बोकेरा छिरेको हु म सहर।। तर आज फेरी २/४ पलको लगी जङ्गल छिर्दै छु,... गाँउ छिर्दै छु।। एकछिन विश्राम लीना कंक्रीट को सहर छोडेर... प्रकृति को हरियो सहर छिरेको छु....

प्रेम .................

 शब्द जुराउने प्रेम, शब्द टुक्राउने पनि प्रेम, पहरामा फुल्ने फूल, पानी मुनि पनि मर्ने लिउ... सबैको जन्म प्रेमको सुरुवातले हुन्छ.... अनि सबैको आन्त्य: पनि औंधी प्रेमले ..

पानी जस्तै

 जल जस्तै.. पानी जस्तै ... बाफ जस्तै... जमीनमुनि ... जमीनमा... खुल्ला आकाशमा... समुन्द्रमा ...  जहाँ भए पनि पानीले आफ्नो अस्थित्यो नछोडे झैं तिमीले पनि आफ्नो अस्थित्यो कहिले नछोड्ननु...

नचिनेको मान्छे

नचिनेको मान्छे लाई चाहान थालेको छु, किन??? आफु भित्र उसलाई नै पाउन थालेको छु, किन ???? जीवनमा नगरेको काम उसको लागि गरिराछु... खै  के भको मलाई, उसलाई चाहन थालिसकेछु... मम्मी को सपनाको लागि मरिमेट्ने  म , आफ्नो लागि सपना देख्न थालेछु..... परिवारको लागि बाँच्न चाहने म , आफ्नो लागि बाँच्न थालेछु......  नचाहँदा नचाहँदै खै  के के भयो जीवनमा ...... आफूलाई भुली कसैको लागि सोच्न थालेछु.....

सक्छौ र?

म हिँडिरहेको समयमा मेरो पाइलाको आवाजसँग तिम्रो मिलाउन सक्छौ र? म बिनाकाम रिसाउँदा आगोमा बेरेर हँसाउन सक्छौ र? कहिलेकाहीं जिस्किदाँ जिस्किदै , चित्त दुखाउला .. त्यो समयमा फकाउन सक्छौ र? हजार होलान् मेरो वरिपरी, त्यो भीडमा मेरो सुगन्थले मलाई चिन्न सक्छौ र? आधारातमा भोक लाग्यो भनी गुनासो गर्दा , टक्क मिठो खाना खुवाउन सक्छौ र? कोलाहल दिन भन्दा शान्त रात मन पर्छ, मेरो मनको साथ दिन सक्छौ र? सपना ठूलो छ, रातभरि जागेर बीहनभरी सुत्दा.. मेरो साथ दिन सक्छौ र? तिम्रो सपनालाई मैले आफ्नै मन्दा, मेरोलाई अपनाउन सक्छौ र? राती राती घर पुग्दा , विश्वास गरी परिवारलाई सम्झाउन सक्छौ र? समय बित्दै जाँदा , आयु घट्दै जाला...  चाउरी पर्लान् छाला ... शरीर सबै दुख्न थल्ला.. यो सबैलाई आपनाई, साथ शरीरको दिन सक्छौ र? राम्रो कुरा हजारौं हुदा , नराम्रो नी उत्ती होलान् ..  सबैलाई अपनाई अघि बढ्न सक्छौ र?

गुनासो

 गुनासो म गरु त गुरु को संग ? वाफबाट वर्षा.. वर्षा बाट कयौ समय विलीन भएर, जल बन्ने मुहान संग ? जलको भन्दा संघर्ष मेरो धेरै छ?? जल जस्तै नीरन्तर म बगीराछु ? जल जस्तै पत्थरमा ठक्कर मैले खाको छु? संसारकै सबै भन्दा ठूलो असफलता मैले पाको छु ?  सबै प्रश्नको उत्तर होइन हो .... तर पनी म आफुलाई असफलको रूपमा देखीराछु... म मेरो नजरमा सफल भएपनि ... संसारको नजरमा असफल छु..।।  ..... मुटु दुख्दै छ... के आरुको नजर त्यति महत्त्वपूर्ण छ?? मेरो मेहिनेत दृश्य विहिन छ... अरु कसैले देख्दैनन् .....के के कता कता विलीन भइदिन्छ..।। मेरो भाग्य हो यो भने ....मेरो भाग्य किन छैन?  महनेतको फल आँसु नझरी किन पाइँदैन ?? कलीयुग हो.... पाप धर्म कर्म सबै यहीं पाउनुपर्ने होइन र?  नभए झैं छ...मेरो समय संसार ठप्प लागिराछ।। हात आको सबै विलीन भैराछ.. नजर अघिको सब विलीन भैराछ..  संसार मेरो नभई अर्कैको भइ राछ।। संसार अरु कसैको भौराछ।।

आँसु

 तिम्रा लागी झारेका आशु.....होइन .. तीम्रो यादमा झरेका आँसु.... तर होइन..  तिमीलाई भुलाउन झरेका आँसु.... पो थिए त ती त.. वारम्वार झरिरहन्थे, झरिरहन्छन... सायद झरिरहनेछन्...  तिमीलाई भुलाउने बाचामा झारेका आशु.... तर वाचा कायम राख्न भन्दा तोड्नका लागी गरीन्छ रहेछ .. आँसुले पनी त आज फेरी वाचा तोडेका छन्...  मुहान सरी फेरी मुल फुटेको छ... वर्षा सरी यादहरु बालुवामा पछारिदै छन्... तुफानको रफ्तार सरी फेरी मुटुले ठाँउ छोड्दै छ.. तुकालको रफतारले उठाउदै गरेको पछ्यौरी समाले सरी मुटुलाई समाल्दै हु.....  म आफ्नै मुटुलाई समाल्दै छु... ।। थाहा छ... म तीम्रो अघि महुन हुन सक्दै सक्दीन ।  तर त्यती सारो कमजोर बनेकी छैन..., तीम्रो तुफानले मलाइ उडाई लागोस्.. तीम्रो तुफानले मलाइ उडाई लागोस्..।। आज हलचल गर्दै छु... चल्न खोज्दै छु,... पछ्यौरी सरी.. ।। तर भोलि... तिम्रो तुफानले नछुने खम्बा हुनेहु .... तिमी मेरो सामु बाट गुज्रीदा मलाई फरक नपर्ने हुनेछु.. मलाई फरक नपर्ने हुनेछु।।

एक पल्ट आउनु है

गुलाफको फूल नै त चाइँदैन प्रीय, मुटुभरीको माया लीएर आउनु है.... ब्रान्डेड पोसाक चाईदैन प्रीय  चप्पलै भएनी पट्काउँदै आउनु है..  कालो चस्मा त पर्दैन प्रीय,  चस्माको पावर मीलाएर आउनु है.... धेरै समय माग्दैन प्रिय, अन्तीम पटक यी आँखाले तीमीलाई देखु है... त्यो गुलियो चकलेट चाइदैन प्रीय,  तीतामीठा भोगाई सँगै भोग्ने आट लीएर बाट आउनु है.. कहाँ हो कहाँ लगेर कुर्ची तानेर बसाउनु पर्दैन प्रीय,  त्यो मुटु अनी जीवनमा गुन्द्री बिछ्याउने अधीकार मलाइ नै दीनु है... म भन्दानी ठूलो गुडीया..त्यो चाइदैन प्रीय, अगालो तिम्रो...मेरो नाम गरीदेऊ.... साथीको समय, परीवारको समय चाइदैन प्रीय,  मेरो समय... नितान्त मलाइ देऊ...  खडेरी परेछ .. फुटेछ मुटुको फाट.. पानीचार लगाइदेउ  तिमीले छोडे  खडेरी पर्छ  फुट्नेछ यो फाट पर्खेर तिमीलाई नीहल्दै छु बाटो  आउनु है एकपल्ट ।।।

म छु नी

 कोही नहुदाको साथी म छु नी  तिमी खुशी हुदा, संसार हुन्छ तिमीसंग... तर दु:खी हुँदा मलाई सम्झनु है, म छु नी।। तिम्रो जीवनमा पालुवा पलाउँदा, संसार हुन्छ तिमीसंग .. तिम्रो जीवनमा पहिरो जादा, वाडी पस्दा... मलाइ सम्झनु है, म छु नी ।।

 माया सायद मैले नै गर्न जानेन होला  नत्र त उ मायाको खानी थीयो । मैले नै सायद काँडा छानी छानी त्यही माथि टके हुला नत्र त फुल माथी पनी उसको हत्केला थीयो । 

कसैको म

 तारिफ सुने , बलियो छैन रे म,  सारै कमजोर घर र माइत कतैको होइन रे म।। नब्बे प्रतिशत लिएर पनि फेलै हुन्छु रे म, मैनाको चार, वर्षको ४८ दिन त झन् देखिदै देखिँदैन रे म ।।

Popular posts from this blog

सपना की विपना ???

के मेरो गल्ती हो?