एक पल्ट आउनु है

गुलाफको फूल नै त चाइँदैन प्रीय,

मुटुभरीको माया लीएर आउनु है....

ब्रान्डेड पोसाक चाईदैन प्रीय

 चप्पलै भएनी पट्काउँदै आउनु है..


 कालो चस्मा त पर्दैन प्रीय,

 चस्माको पावर मीलाएर आउनु है....

धेरै समय माग्दैन प्रिय,

अन्तीम पटक यी आँखाले तीमीलाई देखु है...


त्यो गुलियो चकलेट चाइदैन प्रीय, 

तीतामीठा भोगाई सँगै भोग्ने आट लीएर बाट आउनु है..

कहाँ हो कहाँ लगेर कुर्ची तानेर बसाउनु पर्दैन प्रीय, 

त्यो मुटु अनी जीवनमा गुन्द्री बिछ्याउने अधीकार मलाइ नै दीनु है...



म भन्दानी ठूलो गुडीया..त्यो चाइदैन प्रीय,

अगालो तिम्रो...मेरो नाम गरीदेऊ....

साथीको समय, परीवारको समय चाइदैन प्रीय,

 मेरो समय... नितान्त मलाइ देऊ...



 खडेरी परेछ ..

फुटेछ मुटुको फाट..

पानीचार लगाइदेउ

 तिमीले छोडे

 खडेरी पर्छ

 फुट्नेछ यो फाट

पर्खेर तिमीलाई

नीहल्दै छु बाटो 

आउनु है एकपल्ट ।।।


Comments

Popular posts from this blog

सपना की विपना ???

के मेरो गल्ती हो?