मेरो संसारको त्यो drawer
यो बन्ध कोठामा ,
मौनता भित्र मेरो संसार मात्र छ,
मैले कलम चलाएको ध्वनि मात्र छ,
सास फेर्दा ... बायु सरि चाल हुन्छ,
पानि पिउदा ... झरनासरि गुड़गुड़ाहट हुन्छ,
म छु.... अनि मेरो संसार यही बसेको छ,
यी महंगा महंगा Architectural सामानहरु ...
टेबलका द्रवेर हरुबाट ...
मलाई चिहाउदै ... आफ्नो पालो कुर्दै छन्..
म डुबेको छू....
एउटा Sketch Book र पेन्सिल मा ....
Water कलर, पेन्सिल कलर र अनेक
सामानले....
म लाई पुकार्दै छन्...
उनीहरुको आवाज का सुन्छु र म...?
म आफ्नै Comfort Zone मा भुलेको छू..
Comments
Post a Comment