सक्छौ र?
म हिँडिरहेको समयमा मेरो पाइलाको आवाजसँग तिम्रो मिलाउन सक्छौ र?
म बिनाकाम रिसाउँदा आगोमा बेरेर हँसाउन सक्छौ र?
कहिलेकाहीं जिस्किदाँ जिस्किदै , चित्त दुखाउला .. त्यो समयमा फकाउन सक्छौ र?
हजार होलान् मेरो वरिपरी, त्यो भीडमा मेरो सुगन्थले मलाई चिन्न सक्छौ र?
आधारातमा भोक लाग्यो भनी गुनासो गर्दा , टक्क मिठो खाना खुवाउन सक्छौ र?
कोलाहल दिन भन्दा शान्त रात मन पर्छ, मेरो मनको साथ दिन सक्छौ र?
सपना ठूलो छ, रातभरि जागेर बीहनभरी सुत्दा..
मेरो साथ दिन सक्छौ र?
तिम्रो सपनालाई मैले आफ्नै मन्दा, मेरोलाई अपनाउन सक्छौ र?
राती राती घर पुग्दा , विश्वास गरी परिवारलाई सम्झाउन सक्छौ र?
समय बित्दै जाँदा , आयु घट्दै जाला...
चाउरी पर्लान् छाला ...
शरीर सबै दुख्न थल्ला..
यो सबैलाई आपनाई, साथ शरीरको दिन सक्छौ र?
राम्रो कुरा हजारौं हुदा , नराम्रो नी उत्ती होलान् ..
सबैलाई अपनाई अघि बढ्न सक्छौ र?
Comments
Post a Comment