Posts

Dear Nepali haru

Dear Nepali haru, Jo jaha huncha, jun party ma cha, wa party man nai naparne, neta najik cha wa tadha cha ek patak sochnus. Aba party, jaat, dharma herera hudaina. Aba hamro generation ko kura ho. Aba Nepal banau ne generation hami ho. Dress lagayera ghar bata niskeko student ko laas baato ma herda k gariraheko hola? Family mutu kamayera “mero baccha tyo bhidma na hos” bhanera prayer gariraheko cha. Aba ta sabai le afno thau bata kehi garna parcha jasto cha. Hamro generation lai misunderstand nagarnus. Ho, hami kabhi kabhi offended hunchau, impulsive hunchau, tara hami answerable pani chau. Aba timiharu jasto laas mathi tekera top pugna khojdainaun. Aba hamilai desh banau na deu. We can do what timiharu le garna sakena. Hamilai arko desh banau na chhaina, yahi Nepal banau na cha. Aafno afno santan imagine garnus. Aba pali kasai ko aaucha? Student dress ma cha bhanera jhyan lina mildaina. Ani mero sathi haru, jo jo politics ma abaadha cha, timiharu sanga ta ajhai thulo aas cha. Kin...

पंक्षी

अनजान पंक्षी उडेको देख्दा कति रमाइलो लाग्छ, खुसी देख्दा यसै ओठ मुस्कुराउँछन्, गुणमा बसेको देखि उडानसम्मको त्यो समय प्रत्यक्ष देख्नु, कसैको लागि सिख पनि त हो। अनजान भन्दै गर्दा त्यो गुणमा बसेको पंक्षीलाई म चिन्छु। उसले चिनोस् नचिनोस्, मलाई देखोस् नदेखोस्... फरक केही त पर्दछ होला...? उठ्दै गर्दा कतिखेर लड्छ, कतिखेर निम्न गति लिन्छ, कतिखेर उडान भर्छ, कतिखेर लडेको उठ्छ... सबैले मेरो भावना, मेरो खुसी...सबैमा असर केही त गर्दैछ। उसको सामिप्यता, म सामु नहुँदै महसुस गर्छु, उसको बास्ना, म परैबाट अन्दाज लगाउन सक्छु, उसको गति, उसको चाल अड्कल काट्न सक्छु, तर के... आकाशमा उड्ने पंक्षीलाई, बाटोमा हिँड्ने बटुवाको चाल हुँदो हो? उसको गुण जोगाइदिने...त्यो मानवको आवास हुँदो हो। जोगाउने, ख्याल राख्नेको...केही त याद हुँदो? ठ्याक्क नचिने पनि कतै देखेको, कतै भेटेको त आवास हुँदो। आफ्नोपनको अन्दाज हुँदो हो... मेरो बास्ना, मेरो गतिले उसलाई पनि केही त फरक पर्दो हो।

जीवन यात्री

 केही भिन्न केही फरक चाल थियो उसमा,  संसार उथलपुथल होस् तर प्रेमको साथ थियो उसैमा। एउटा बिहान भिन्न भयो। प्रेमिल साथले पुगेन, हवाईको टिकट चाहियो । मात्र टिकटको लागि नयाँ साथ खोजियो। प्रेम भरोसा एकातिर, अनि हवाईको साथ भिन्न थियो। प्रेमलाई दोबाटो उभाइयो। खुसी खोज्न हिँडेको त्यो यात्री यात्राको साथिलाई सम्हाल्दै थियो। सबैबाट बचाउँदै थियो.... अनि आफू उसैमा समाउँदै।। दिन,...... महिना,...... वर्ष सरी,  भावना पनि त बदलिन्छ । प्राकृतिक नियम हो। हावाको चाल बदलिन्छ, अनि घामको किरण पनि त बदलिन्छ । प्रेम फूलको बास्ना हो। बास्ना छर्ने त्यो फूल पापी हो र ? प्रेम इन्द्रेणीको रङ्ग हो। प्रकृति रङ्गमय गराउनु, उसको पाप हो र ? आफूमा रङ्ग भर्नु पाप हो र??? प्रश्न धेरै छन् साथ पनि त भिन्न छ पर्खिएको त्यो प्रेम,  कुन बाटो हिँड्छ ?, कुन बेला?, पत्तै छैन......... प्रेम रोज्ने कि यो साथ , मुटु हलचल छ। ....  प्रेम कि साथ , मुटु हलचल छ। ....  तिमी छौ मुटुमा थाहा छ मलाई,  तिमी त सहजता हौ मेरो लागि । मुटुको ढोका उघार दिएको छौ। प्रेमले सानो ठाउँलाई सझाइदिएको छ। यात्रीहरू लोभिन्छन्,...

शान्त

 एक्लाएको कसैले छैन...... तर,  एक्लिन किन खोज्दै छु म ? आफूबाट के चाइएको छ मलाई ? सपनाहरु के साँचो देख्दै छु? प्रश्नहरू, question mark सँगै चारैतिर घुम्दैछन् । सपनाहरूले साथ खोज्दै छन्..... साथ...... कसैको  नितान्त...... अनि सोच्छ....... अनि मनले...... एकान्न्न्न्न्त...... वास् शान्न्न्न्न्न्न्न्त .........  Only "PEACE 🕊️"

मेरो संसारको त्यो drawer

यो बन्ध कोठामा , मौनता भित्र मेरो संसार मात्र छ, मैले कलम चलाएको ध्वनि मात्र छ, सास फेर्दा ... बायु सरि चाल हुन्छ, पानि पिउदा ... झरनासरि गुड़गुड़ाहट हुन्छ, म छु.... अनि मेरो संसार यही बसेको छ, यी महंगा महंगा Architectural सामानहरु ... टेबलका द्रवेर हरुबाट ... मलाई चिहाउदै ... आफ्नो पालो कुर्दै छन्.. म डुबेको छू.... एउटा Sketch Book र पेन्सिल मा .... Water कलर, पेन्सिल कलर र अनेक सामानले.... म लाई पुकार्दै छन्... उनीहरुको आवाज का सुन्छु र म...? म आफ्नै Comfort Zone मा भुलेको छू.. वास !... Graphite को धुलोसंग खेल्दै .. Graphite को धुलो जस्तै ... यो कालो रात.., Drawer का रङ्ग जस्तै रंगीन हुदै जान्छ.. म हतारिन्छु.. प्रकृतिको रङ्गसंगै .. drawer मा भएका हरेक रङ्ग मिसाउन... म हराउन थाल्छु प्रकृतिको रङ्गमा फेरी... अनि हतासिन्छु प्रकृतिसंग पाइला चाल्न... मेरो संसार पछी छुटेको हुन्छ ... होसमा आइ पाइला चल्दा.... म नग्न हुन्छु ..... गहना बिनाकी नारी जस्तै... हो म  नग्न हुन्छु ... मेरो आफ्नो संसार को त्यो drawer बिना...    ...

सपना

 सपना चुम्ना छिरेको हु म सहर।। सपना देखेर .... र बोकेरा छिरेको हु म सहर।। तर आज फेरी २/४ पलको लगी जङ्गल छिर्दै छु,... गाँउ छिर्दै छु।। एकछिन विश्राम लीना कंक्रीट को सहर छोडेर... प्रकृति को हरियो सहर छिरेको छु....

प्रेम .................

 शब्द जुराउने प्रेम, शब्द टुक्राउने पनि प्रेम, पहरामा फुल्ने फूल, पानी मुनि पनि मर्ने लिउ... सबैको जन्म प्रेमको सुरुवातले हुन्छ.... अनि सबैको आन्त्य: पनि औंधी प्रेमले ..

पानी जस्तै

 जल जस्तै.. पानी जस्तै ... बाफ जस्तै... जमीनमुनि ... जमीनमा... खुल्ला आकाशमा... समुन्द्रमा ...  जहाँ भए पनि पानीले आफ्नो अस्थित्यो नछोडे झैं तिमीले पनि आफ्नो अस्थित्यो कहिले नछोड्ननु...

नचिनेको मान्छे

नचिनेको मान्छे लाई चाहान थालेको छु, किन??? आफु भित्र उसलाई नै पाउन थालेको छु, किन ???? जीवनमा नगरेको काम उसको लागि गरिराछु... खै  के भको मलाई, उसलाई चाहन थालिसकेछु... मम्मी को सपनाको लागि मरिमेट्ने  म , आफ्नो लागि सपना देख्न थालेछु..... परिवारको लागि बाँच्न चाहने म , आफ्नो लागि बाँच्न थालेछु......  नचाहँदा नचाहँदै खै  के के भयो जीवनमा ...... आफूलाई भुली कसैको लागि सोच्न थालेछु.....

सक्छौ र?

म हिँडिरहेको समयमा मेरो पाइलाको आवाजसँग तिम्रो मिलाउन सक्छौ र? म बिनाकाम रिसाउँदा आगोमा बेरेर हँसाउन सक्छौ र? कहिलेकाहीं जिस्किदाँ जिस्किदै , चित्त दुखाउला .. त्यो समयमा फकाउन सक्छौ र? हजार होलान् मेरो वरिपरी, त्यो भीडमा मेरो सुगन्थले मलाई चिन्न सक्छौ र? आधारातमा भोक लाग्यो भनी गुनासो गर्दा , टक्क मिठो खाना खुवाउन सक्छौ र? कोलाहल दिन भन्दा शान्त रात मन पर्छ, मेरो मनको साथ दिन सक्छौ र? सपना ठूलो छ, रातभरि जागेर बीहनभरी सुत्दा.. मेरो साथ दिन सक्छौ र? तिम्रो सपनालाई मैले आफ्नै मन्दा, मेरोलाई अपनाउन सक्छौ र? राती राती घर पुग्दा , विश्वास गरी परिवारलाई सम्झाउन सक्छौ र? समय बित्दै जाँदा , आयु घट्दै जाला...  चाउरी पर्लान् छाला ... शरीर सबै दुख्न थल्ला.. यो सबैलाई आपनाई, साथ शरीरको दिन सक्छौ र? राम्रो कुरा हजारौं हुदा , नराम्रो नी उत्ती होलान् ..  सबैलाई अपनाई अघि बढ्न सक्छौ र?

Popular posts from this blog

सपना की विपना ???

के मेरो गल्ती हो?