पंक्षी
अनजान पंक्षी उडेको देख्दा कति रमाइलो लाग्छ, खुसी देख्दा यसै ओठ मुस्कुराउँछन्, गुणमा बसेको देखि उडानसम्मको त्यो समय प्रत्यक्ष देख्नु, कसैको लागि सिख पनि त हो।
अनजान भन्दै गर्दा त्यो गुणमा बसेको पंक्षीलाई म चिन्छु। उसले चिनोस् नचिनोस्, मलाई देखोस् नदेखोस्... फरक केही त पर्दछ होला...? उठ्दै गर्दा कतिखेर लड्छ, कतिखेर निम्न गति लिन्छ, कतिखेर उडान भर्छ, कतिखेर लडेको उठ्छ... सबैले मेरो भावना, मेरो खुसी...सबैमा असर केही त गर्दैछ।
उसको सामिप्यता, म सामु नहुँदै महसुस गर्छु, उसको बास्ना, म परैबाट अन्दाज लगाउन सक्छु, उसको गति, उसको चाल अड्कल काट्न सक्छु,
तर के...
आकाशमा उड्ने पंक्षीलाई, बाटोमा हिँड्ने बटुवाको चाल हुँदो हो? उसको गुण जोगाइदिने...त्यो मानवको आवास हुँदो हो। जोगाउने, ख्याल राख्नेको...केही त याद हुँदो? ठ्याक्क नचिने पनि कतै देखेको, कतै भेटेको त आवास हुँदो। आफ्नोपनको अन्दाज हुँदो हो... मेरो बास्ना, मेरो गतिले उसलाई पनि केही त फरक पर्दो हो।
Comments
Post a Comment