जीवन यात्री
केही भिन्न केही फरक चाल थियो उसमा,
संसार उथलपुथल होस् तर प्रेमको साथ थियो उसैमा।
एउटा बिहान भिन्न भयो।
प्रेमिल साथले पुगेन,
हवाईको टिकट चाहियो ।
मात्र टिकटको लागि नयाँ साथ खोजियो।
प्रेम भरोसा एकातिर,
अनि हवाईको साथ भिन्न थियो।
प्रेमलाई दोबाटो उभाइयो।
खुसी खोज्न हिँडेको त्यो यात्री
यात्राको साथिलाई सम्हाल्दै थियो।
सबैबाट बचाउँदै थियो....
अनि आफू उसैमा समाउँदै।।
दिन,...... महिना,...... वर्ष सरी,
भावना पनि त बदलिन्छ ।
प्राकृतिक नियम हो।
हावाको चाल बदलिन्छ,
अनि घामको किरण पनि त बदलिन्छ ।
प्रेम फूलको बास्ना हो।
बास्ना छर्ने त्यो फूल पापी हो र ?
प्रेम इन्द्रेणीको रङ्ग हो।
प्रकृति रङ्गमय गराउनु, उसको पाप हो र ?
आफूमा रङ्ग भर्नु पाप हो र???
प्रश्न धेरै छन्
साथ पनि त भिन्न छ
पर्खिएको त्यो प्रेम,
कुन बाटो हिँड्छ ?, कुन बेला?, पत्तै छैन.........
प्रेम रोज्ने कि यो साथ , मुटु हलचल छ। ....
प्रेम कि साथ , मुटु हलचल छ। ....
तिमी छौ मुटुमा थाहा छ मलाई,
तिमी त सहजता हौ मेरो लागि ।
मुटुको ढोका उघार दिएको छौ।
प्रेमले सानो ठाउँलाई सझाइदिएको छ।
यात्रीहरू लोभिन्छन्, तिम्रो सझावटमा।।
मुटु यसरी भरिदिएका छौं
वास्तुकलाले घर सजाए सरी,
संगीतले रोमान्स भरेसरी,
अनि रङ्गले जान भरेसरी,
संसार नै यही सानो सझावटमा समालिएसरी।।
जीवनको यात्रामा साथ भिन्न भिन्न ।
यात्रा लामो हुँदा ,
मुटुले पनि त खोज्छ कसैलाई चिन्न ।
अरुलाई चिन्नु अरुमा बासना छर्नु,
मुटुबासी नै परिवर्तन गरेको कहाँ हो र?
मुटुबासी नै परिवर्तन गरेको कहाँ त हो र?
तिमी त मेरो जीवन हो,संगीत हौ ,रङ्ग हौ।
संसार उथलपुथल नै भएप
नि मलाई पूर्ण गराउने मेरो प्रेम, मेरो जीवनयात्री हो।
Comments
Post a Comment