आफूलाई छोडी संसारलाई हेर्ने गर ।

 कहिलेकाहीँ म रिसाउँदा तिमी फकाउने गर,

कहिलेकँही मलाई low feel हुँदा मलाई सम्झाउने गर,

कहिलेकाहीँ म rude हुँदा तिमी soft बन्ने गर,

जहिल्यैँ तिमी मात्र समस्यामा हुँदैनौं,

संसार समस्यामा छ कोठाबाट बाहिर निस्केर हर्ने गर ।।


कहिलेकाहीँ फूल ओइलाउन खोज्दा जलमाल गर्ने गर,

कहिलेकाहीँ मयुरको सुन्दरताको राज बुझ्न खोज,

कहिलेकाहीँ सधैं कुचेर हिँड्ने माटोलाई छुन खोज,

सधैंभरि तिमी मात्र अभागी हुँदैनौं,

आफ्नो संसारबाट निस्किएर अभागी खोज्ने गर,

सधैं सफल मानिसको भोगाइ मात्र नसुन,

असफलताको कारण खोज्ने गर ।।


कहिलेकाहीँ मा रुँदा तिमी हँसाउने गर,

कहिलेकाहीँ दुःखलाई भुलेर रमाउने गर,

कहिलेकाहीँ अरुकै लागि भएनी मुस्कुराउने गर,

सधैं तिम्लाई मात्र दुःख हुँदैन,

अरूको दुःखमा पनि नजर लगाउने गर,

सेतो हिउँमा सधैं रमाउने नगर,

हिउँ भित्रको पहाडको बारेमा सोच्ने गर।।


कहिलेकाहीँ मलाई एकान्तमा छोड्ने गर,

कहिलेकाहीँ संसारलाई छोडेर आफ्नो बारेमा सोच्ने गर,

सधैं तिमी मात्र एक्लो हुँदैनौं,

संसार एक्लिएको देख्ने गर,

सधैं बिहान आउने सूर्यलाई मात्र नहेर ,

जुन नआउनुको कारण बुझ्न खोज ।।


कहिलेकाहीँ प्रकृतिसँग जीवन जाँच्न खोज,

कहिलेकाहीँ सुकेको पात र हरियो पातलाई गहिरिएर हेर,

कहिलेकाहीँ चरी जस्तै उड्ने सपना देख्ने गर,

सधैं तिम्रो मात्र जीवन ओइलिएको हुँदैन,

प्रेमको प्रतीक भनेर दिइने रातो गुलाफ अर्को दिन हेर्ने गर,

जति धेरै पछारियो त्यति सुन्दर त्यो झरनालाई हेर,

अरूलाई आनन्दित बनाउँदाको पीडा बुझ्न खोज ।।


Comments

  1. 😃😀😀🤣🤣🤣
    Goodluck carry on all the best

    ReplyDelete

Post a Comment

Popular posts from this blog

सपना की विपना ???

के मेरो गल्ती हो?