म बेस्या
हारेको छु म, जिताइदिने कोही छैन,
लडेको छु म, उठाइदिने कोही छैन,
बिहोस छु म, जगाइदिने कोही छैन,
एक्लै छु म, साथ दिने कोही छैन ।।
सार्वजनिक बाटो जस्तै छु म, कसले प्यास मेटाउँछ था नै हुँदैन,
शौचालय जस्तै छु म , कसले प्रयोग गर्छ पत्यै हुँदैन,
जारको पानी जस्तै छु म , कहिले महलमा कहिले झुपडीमा था नै हुँदैन,
बागमती जस्तै छु म कसले सिरोपड गर्छ कसले कुचेलेर हिँड्छ था नै हुँदैन ।।
नेता जस्तै छु म , कहिले सत्तामा कहिले भट्टीमा,
कहिले फूलको माला कहिले ढुङ्गा ,
चामल जस्तै छु म, साथमा पानी पाए भात,
दूध पाए खिर अनि दाल पाए खिचडी ।।
छाँगा छहरा जस्तै छु म, जति माथिबाट पछारियो त्यति सुन्दर देखिने,
प्रेम जस्तै छु म, जे मा खोजियो त्यहीँ भेटीने,
बीजगणित काे हिसाब जस्तै छु म , माइनस माइनस पनि जोडिने,
लजावति झार जस्तै छु म जसलाई पनि आकर्षड गर्ने,
म जता ततै छु, माइक्रो देखि सरकारी गाडी सम्म ,
महलको खाट देखि त्यो झाडी सम्म,
गल्ली गल्ली देखि संसद भवन सम्म,
नौजवान देखि बुढाको मन मन सम्म ।।
ढोका बन्द हुँदा सम्म सबै भन्दा प्यारी,
ढोका खोल्दा सबैले भन्छन् बस्या हो रे त त्यो नारी,
सबैको घरमा चाइने बुहारी संस्कारी,
कसैकोमा धानको त कसैकोमा पैसाको भकारी ।।
वेस्याकाे जीवन कहिले मालामाल कहिले पेटीको आड,
कहिले त्यो महंगो गाडी कहिले च्यातिएको सारी,
मुहारमा मुस्कान जहिलै तर मनमा शान्ति छैन कहिलै,
खाटमा सबै आफ्ना तर सबैले हेर्छन् आफ्नै नाफा ।।
Comments
Post a Comment