सिमालीको भुवा
सिमालीको भुवा जस्तै होस् जीवन,
सबैको हासोको कारण होस् मरण,
कसैलाई पार्न नपरोस् कसैको सरण,
कहिल्यै नलागोस् जीवनमा गरण।।
माथि माथि उड्न पाइयोस्,
संसार घुम्न पाइयोस्,
जीवन सन्तुलित होस्,
राती आनन्दले सपना देख्न पाइयोस् ।।
म मर्दा सबैको मृत होस्,
मेरो कारणले कसैको आँखामा आँसु नआओस्,
आफन्तले खुसीको कुरा मन खोलेर भन्न सकून्,
सबैको आँखाको आँसु पुछ्ने पात्र बनुम् ।।
मेरो पाउमा कसैको शिर नभएर मात्र होस् जुत्ता चप्पल,
संसार नै होस् सगरमाथा भन्दा जति सफल,
फूल फुलेपछि अस्थित्व होस् उसको हुँदा सम्म फल,
मुहारको उदासको कारण नबनोस् मेरो गफ ।।
म माथि माथि उड्न खोज्दा,
कसैको हत्केलाले मलाई छुन खोजोस्,
जमीन छुन खोज्दा ,
हत्केलामा राखी उडानकै आवास बनाओस् ।।
म भुवा भएको कारण गर्न सकु आफैमा गर्व,
मलाई बेला बेला नघचघचाइयोस् याद दिलाउन मेरो धर्म,
आवाज नसुनी बुझ्न सकुम् सबैको मर्म,
मेरो कारणले कसैले मान्न नपरोस् सर्म ।।
मलाई मा भित्रको विउले नहेपोस्,
मलाई तौली कसैले नबेचोस्,
मेरो अस्थित्व हावामा मात्र नबनोस्,
मेरो पहिचान कुनै ठाउँले नगरोस् ।।
फुल्न चाहल्छु संसारभरि,
डुल्न चाहन्छु संसार घरी घरी,
एउटा देशको पहिचान भन्दा पनि
बन्न चाहन्छु संसारको पहिचान ब्रह्माण्ड भरी ।।
Comments
Post a Comment