मेरो मनलाई मेरै प्रश्न

बुवा मैले हजुरलाइ मेरो समस्या जान्ने मौका नै दिएन ,
सायद हजुरलाइ मलाई चिन्ने अवसर नै दिएन ।।
 सायद हजुरलाइ मेरो समस्या कहिलै भनेन ,
मलाई सायद बुवालाई पनि समस्या भन्न सकिन्छ भन्ने था नै थिएन ।।

सायद पहिलो पटक रजस्वला  हुँदा हजुरलाई भनेको भए ,
मलाई हेर्नु हुँदैन नानी , कोठामा गएर बस भन्नु हुन्थेन होला ।।
छोरीले के भन्थी, तिमीलाई रजस्वला भए भन्दा डरकी थिई?,
यो प्रश्न सायद मैले बुवाको मुखबाट सुन्न पाउँथे होला ।।

सायद मैले सबै कुरा हजुरलाइ भनेको भए नि हुन्थ्यो होला नि होइन र?
म पहिलो पटक रजस्वला हुँदा हजुरलाइ मेरै मुखबाट सुनको भए नि हुन्थ्यो होला नी होइन? ।।
मलाई प्याड किन्ने पैसा चाइदा हजुरकै अघि माग्न सकेको भए नी हुन्थ्यो होला नि होइन?
मेरो परिक्षा बिग्रनुको कारण हजुरलाइ भन्न सकेको भए नी हुन्थ्यो होला नि होइन? ।।

कसैले नराम्रो व्यवहार देखाउँदा , यो मान्छे ले मलाई यो गर्यो भन्न सकेको भए नी हुन्थ्यो होला नि होइन?
बुवा 'पेट दुखेको छ , तातो पानी ततैदिनु ' भन्न सकेको भए नी हुन्थ्यो होला नि होइन? ।।
मम्मीलाई भन्न लगाउने एक एक कुरा मैले सिदै हजुरलाई भनेको भए नि हुन्थ्यो होला नी होइन?
मेरो खुसी के मा छ, मलाई के गर्दा खुशी मिल्छ सबै हजुरलाइ भन्न सकेको भए नी हुन्थ्यो होला नि होइन? ।।

मैले मेरो बारेमा हजुरलाई सबै जानकारी दिएको भए नी हुन्थ्यो होला नि होइन?
म के बन्न चाहन्छु , के गर्न चाहन्छु मेरै मुखबाट सुनको भए नी हुन्थ्यो होला नि होइन? ।।
मलाई साथीसँग कतै घुम्न जान मन लाग्दा सिधै हजुरलाइ मा जान्छु बाबा भन्न सकेको भए नी हुन्थ्यो होला नि होइन ? हजुरको छोरीले कथा लेख्न मन पराउँछ भन्ने कुरा प्रतियोगितामा प्रथम नआई सुनाउन सकेको भए नी हुन्थ्यो होला नि होइन? ।।




Comments

Popular posts from this blog

सपना की विपना ???

के मेरो गल्ती हो?