बा-आमा हराउनु भएन

मेरो सपनाको गाडी हराओस्,
मेरो सपनाको धनसम्पती हराओस्,
मेरो सपनानै हराए पनि हराओस्,
तर बा-आमा हराउनु भएन ।।

मेरो सपना हराए फेरि देखाउँला,
मेरो नाम मेटिए फेरि लेखौँला,
मेरो घर नै भताभुङग भए पनि फेरि बनाउला,
तर बा-आमा हराउनु भएन ।।

सहर नै हराए फेरि खोलौंला,
देश नै हराए पनि फेरि बनाउँला,
बरु माग्न परे मागेर बाँचौला,
तर बा-आमा हराउँनु भएन ।।

सडक कै बास भए पनि फेरि महल बनाउला,
हातखुट्टा भाँचिए पलास्टिक कै हालैला,
संसार अघि बढिरहेको बेला बरु कन्दमूल नै खाउँला ,
तर बा-आमा हराउँनु भएन ।।

१ घण्टामा पुग्ने ठाउँमा १० दिन लगाएर हिडेरै जाउँला,
अरूले मिठो मिठो खादा बरु माटो नै चपाउला,
संसार ठूलो ठूलो महलमा बस्दा बरु रुखै मुनी बसौंला ,
तर बा-आमा हराउँनु भएन ।।

Comments

Popular posts from this blog

सपना की विपना ???

के मेरो गल्ती हो?