तिमी ठीक गर्दै छौ ???

आफूलाई कसैले दिएको कुरा पतुकीमा राखेर ल्याउने,
तिम्रो सपनाको लागि तालु खुल्याउने,
तिम्रा लागि भनेर संसारसँग झगडा गर्ने,
बाआमाको मन रुवाउँदै छौ,
के तिमी ठीक गर्दै छौ ???

तिमीलाई दुइ छाक खुवाउनको लागि, कयौं छाक भोकै सुत्ने,
तिम्रोलागि पैसा पठाउनको लागि २/४ घण्टा हिडेरै बैंक पुन्ने,
२/४ पैसा बढी आउला भनेर आराम नगरी काममा खटिने,
त्यो पसिना तिम्ले चुरोटको धुवाँ मा उडाउँदै छौ ,
के तिमी ठीक गर्दै छौ ???

तिम्रालागि भनेर केही मिठो कुरा मधुस मा संगालेर राख्ने,
कहिलै नजुकेको त्यो सीर तिम्रा लागि झुकाउने,
अरु कसैको यादमा नझरेका आँसु तिम्रो यादमा झर्ने,
२/४ महिना अघि चिनेको मानिसको लागि तिमी हात काट्दै छौ,
के तिमी ठीक गर्दै छौ ???

तिम्रा लागि आफ्नो पुरै जीवन नै सुम्पिदिने ,
तिम्रो त्यो एउटा मुस्कानको लागि कयौं रात नसुत्ने,
तिमीलाई हातमा समाई स्कूल पुर्याइ आफू अफिस डिला पुग्ने,
बाआमालाई तिमी वृदा आश्रम छोड्दै छौ,
के तिमी ठीक गर्दै छौ ???

Comments

Popular posts from this blog

सपना की विपना ???

के मेरो गल्ती हो?