आफै भन न
साथी तिमीलाई धेरै माया गर्छु म ,
प्रिय तिम्रो धेरै सम्मान गर्छु म,
परिवारलाई भन्दा बढी तिमीलाई कसरी गरु ?
तिमी आफै सोच न .... प्रिय तिमी आफै सोच न ।
जानी नजानी नाटक गरी ,
भोकै पेट अगाए भन्ने मेरी आमालाई,
अथवा मुटुभरी दुःख राखी मुसुक्क मुस्कुराउने बाबालाई,
तिमी आफै भन न .... प्रिय तिमी आफै भन न ।
मेरो अघि माया नगरेको नाटक गरी ,
मेरो बारेमा अलिकति नराम्रो सुन्न नसक्नने मेरी दिदीलाई ,
अथवा मलाई नराम्ररी भनेर साथीसँग संसारकै राम्ररी बनाउने मेरी बहिनीलाई ?

घरबाट निस्कँदा दहिचिनी खुवाई,
चाँडै फर्किएस है भन्ने मेरी हजुरआमालाई ,
अथवा लठ्ठीको सहरामा पनि मलाई काधामा राख्ने मेरो हजुरबुबालाई ,

माया कम देखाई ,
माइतीबाट लिएको सबै कोसेली मेरो खल्तीमा राख्दिने मेरी काकीलाई ,
अथवा मलाई चाइएको सबै खेलौना लिएर दिने मेरो काकालाई,

म तिमीलाई अगाली ,
रगतको आँसु कसरी दिम यो परिवारलाई,
यो परिवारको मुटुको टुक्रालाई कसरी सुम्पिदिम तिमीलाई,

Comments
Post a Comment