म घर भित्रै छू

कपिलबाट फूल बनिसक्यो ,
फूलमा भमरा भुनभुन्याउन थालिसके ,
जाडो सकिएर गर्मी लागिसक्यो ,
तर म घर भित्रै छू ।।

हरियो गहुँको बोट पहिलो भइसक्यो ,
काफलको फूलबाट दाना लागिसक्यो ,
कु हु , कु हु भनी कोइलीले बोलाउन लागिसक्यो ,
तर म घर भित्रै छू ।।

राउटेहरू पहाड छोडी हिमालतिर लागिसके,
गोठालाहरू हिमालको गोठतिर बसाई सरीसके ,
चिसोले पहाड झरेका बन्नेजन्तु आफ्नो बाटो तलाइसके,
तर म घर भित्रै छू ।।

नेपालीले भगवान माथि झन धेरै आस्था राख्न थालिसके ,
विश्वभरि फैलिएका भाइरसबाट चीन सुरक्षित हुन लागिसक्यो ,
विश्वले लाखौं मानिस गुमाइसक्यो ,
तर म घर भित्रै छू ।।

वि.स. २०७७ लागिसकेयो ,
उस्सह उमंग खै कतिलाई छायो ?,
नव वर्ष आको जस्तो नी लाग्यो कि लागेन ,
तर म घर भित्रै छू ।।

Comments

Post a Comment

Popular posts from this blog

सपना की विपना ???

के मेरो गल्ती हो?