Posts

Showing posts from April, 2020

आफै भन न

साथी तिमीलाई धेरै माया गर्छु म , प्रिय तिम्रो धेरै सम्मान गर्छु म, परिवारलाई भन्दा बढी तिमीलाई कसरी गरु ? तिमी आफै सोच न .... प्रिय तिमी आफै सोच न । जानी नजानी नाटक गरी , भोकै पेट अगाए भन्ने मेरी आमालाई, अथवा मुटुभरी दुःख राखी मुसुक्क मुस्कुराउने बाबालाई, तिमी आफै भन न .... प्रिय तिमी आफै भन न । मेरो अघि माया नगरेको नाटक गरी , मेरो बारेमा अलिकति नराम्रो सुन्न नसक्नने मेरी दिदीलाई , अथवा मलाई नराम्ररी भनेर साथीसँग संसारकै राम्ररी बनाउने मेरी बहिनीलाई ? तिमी आफै भन न .... प्रिय तिमी आफै भन न । घरबाट निस्कँदा दहिचिनी खुवाई, चाँडै फर्किएस है भन्ने मेरी हजुरआमालाई , अथवा लठ्ठीको सहरामा पनि मलाई काधामा राख्ने मेरो हजुरबुबालाई , तिमी आफै भन न .... प्रिय तिमी आफै भन न । माया कम देखाई , माइतीबाट लिएको सबै कोसेली मेरो खल्तीमा राख्दिने मेरी काकीलाई , अथवा मलाई चाइएको सबै खेलौना लिएर दिने मेरो काकालाई, तिमी आफै भन न .... प्रिय तिमी आफै भन न । म तिमीलाई अगाली , रगतको आँसु कसरी दिम यो परिवारलाई, यो परिवारको मुटुको टुक्रालाई कसरी सुम्पिदिम तिमीलाई, तिमी आफै भन न .... प्रिय...

बा-आमा हराउनु भएन

मेरो सपनाको गाडी हराओस्, मेरो सपनाको धनसम्पती हराओस्, मेरो सपनानै हराए पनि हराओस्, तर बा-आमा हराउनु भएन ।। मेरो सपना हराए फेरि देखाउँला, मेरो नाम मेटिए फेरि लेखौँला, मेरो घर नै भताभुङग भए पनि फेरि बनाउला, तर बा-आमा हराउनु भएन ।। सहर नै हराए फेरि खोलौंला, देश नै हराए पनि फेरि बनाउँला, बरु माग्न परे मागेर बाँचौला, तर बा-आमा हराउँनु भएन ।। सडक कै बास भए पनि फेरि महल बनाउला, हातखुट्टा भाँचिए पलास्टिक कै हालैला, संसार अघि बढिरहेको बेला बरु कन्दमूल नै खाउँला , तर बा-आमा हराउँनु भएन ।। १ घण्टामा पुग्ने ठाउँमा १० दिन लगाएर हिडेरै जाउँला, अरूले मिठो मिठो खादा बरु माटो नै चपाउला, संसार ठूलो ठूलो महलमा बस्दा बरु रुखै मुनी बसौंला , तर बा-आमा हराउँनु भएन ।।

तिमी ठीक गर्दै छौ ???

आफूलाई कसैले दिएको कुरा पतुकीमा राखेर ल्याउने, तिम्रो सपनाको लागि तालु खुल्याउने, तिम्रा लागि भनेर संसारसँग झगडा गर्ने, बाआमाको मन रुवाउँदै छौ, के तिमी ठीक गर्दै छौ ??? तिमीलाई दुइ छाक खुवाउनको लागि, कयौं छाक भोकै सुत्ने, तिम्रोलागि पैसा पठाउनको लागि २/४ घण्टा हिडेरै बैंक पुन्ने, २/४ पैसा बढी आउला भनेर आराम नगरी काममा खटिने, त्यो पसिना तिम्ले चुरोटको धुवाँ मा उडाउँदै छौ , के तिमी ठीक गर्दै छौ ??? तिम्रालागि भनेर केही मिठो कुरा मधुस मा संगालेर राख्ने, कहिलै नजुकेको त्यो सीर तिम्रा लागि झुकाउने, अरु कसैको यादमा नझरेका आँसु तिम्रो यादमा झर्ने, २/४ महिना अघि चिनेको मानिसको लागि तिमी हात काट्दै छौ, के तिमी ठीक गर्दै छौ ??? तिम्रा लागि आफ्नो पुरै जीवन नै सुम्पिदिने , तिम्रो त्यो एउटा मुस्कानको लागि कयौं रात नसुत्ने, तिमीलाई हातमा समाई स्कूल पुर्याइ आफू अफिस डिला पुग्ने, बाआमालाई तिमी वृदा आश्रम छोड्दै छौ, के तिमी ठीक गर्दै छौ ???

मेरो मनलाई मेरै प्रश्न

बुवा मैले हजुरलाइ मेरो समस्या जान्ने मौका नै दिएन , सायद हजुरलाइ मलाई चिन्ने अवसर नै दिएन ।।  सायद हजुरलाइ मेरो समस्या कहिलै भनेन , मलाई सायद बुवालाई पनि समस्या भन्न सकिन्छ भन्ने था नै थिएन ।। सायद पहिलो पटक रजस्वला  हुँदा हजुरलाई भनेको भए , मलाई हेर्नु हुँदैन नानी , कोठामा गएर बस भन्नु हुन्थेन होला ।। छोरीले के भन्थी, तिमीलाई रजस्वला भए भन्दा डरकी थिई?, यो प्रश्न सायद मैले बुवाको मुखबाट सुन्न पाउँथे होला ।। सायद मैले सबै कुरा हजुरलाइ भनेको भए नि हुन्थ्यो होला नि होइन र? म पहिलो पटक रजस्वला हुँदा हजुरलाइ मेरै मुखबाट सुनको भए नि हुन्थ्यो होला नी होइन? ।। मलाई प्याड किन्ने पैसा चाइदा हजुरकै अघि माग्न सकेको भए नी हुन्थ्यो होला नि होइन? मेरो परिक्षा बिग्रनुको कारण हजुरलाइ भन्न सकेको भए नी हुन्थ्यो होला नि होइन? ।। कसैले नराम्रो व्यवहार देखाउँदा , यो मान्छे ले मलाई यो गर्यो भन्न सकेको भए नी हुन्थ्यो होला नि होइन? बुवा 'पेट दुखेको छ , तातो पानी ततैदिनु ' भन्न सकेको भए नी हुन्थ्यो होला नि होइन? ।। मम्मीलाई भन्न लगाउने एक एक कुरा मैले सिदै हजुरलाई भनेको भए नि हुन्थ्यो...

म घर भित्रै छू

कपिलबाट फूल बनिसक्यो , फूलमा भमरा भुनभुन्याउन थालिसके , जाडो सकिएर गर्मी लागिसक्यो , तर म घर भित्रै छू ।। हरियो गहुँको बोट पहिलो भइसक्यो , काफलको फूलबाट दाना लागिसक्यो , कु हु , कु हु भनी कोइलीले बोलाउन लागिसक्यो , तर म घर भित्रै छू ।। राउटेहरू पहाड छोडी हिमालतिर लागिसके, गोठालाहरू हिमालको गोठतिर बसाई सरीसके , चिसोले पहाड झरेका बन्नेजन्तु आफ्नो बाटो तलाइसके, तर म घर भित्रै छू ।। नेपालीले भगवान माथि झन धेरै आस्था राख्न थालिसके , विश्वभरि फैलिएका भाइरसबाट चीन सुरक्षित हुन लागिसक्यो , विश्वले लाखौं मानिस गुमाइसक्यो , तर म घर भित्रै छू ।। वि.स. २०७७ लागिसकेयो , उस्सह उमंग खै कतिलाई छायो ?, नव वर्ष आको जस्तो नी लाग्यो कि लागेन , तर म घर भित्रै छू ।।

Popular posts from this blog

सपना की विपना ???

के मेरो गल्ती हो?