आँसु
तिम्रा लागी झारेका आशु.....होइन ..
तीम्रो यादमा झरेका आँसु.... तर होइन..
तिमीलाई भुलाउन झरेका आँसु.... पो थिए त ती त..
वारम्वार झरिरहन्थे, झरिरहन्छन... सायद झरिरहनेछन्...
तिमीलाई भुलाउने बाचामा झारेका आशु....
तर वाचा कायम राख्न भन्दा तोड्नका लागी गरीन्छ रहेछ ..
आँसुले पनी त आज फेरी वाचा तोडेका छन्...
मुहान सरी फेरी मुल फुटेको छ...
वर्षा सरी यादहरु बालुवामा पछारिदै छन्...
तुफानको रफ्तार सरी फेरी मुटुले ठाँउ छोड्दै छ..
तुकालको रफतारले उठाउदै गरेको पछ्यौरी समाले सरी मुटुलाई समाल्दै हु.....
म आफ्नै मुटुलाई समाल्दै छु... ।।
थाहा छ... म तीम्रो अघि महुन हुन सक्दै सक्दीन ।
तर त्यती सारो कमजोर बनेकी छैन..., तीम्रो तुफानले मलाइ उडाई लागोस्..
तीम्रो तुफानले मलाइ उडाई लागोस्..।।
आज हलचल गर्दै छु... चल्न खोज्दै छु,... पछ्यौरी सरी.. ।।
तर भोलि...
तिम्रो तुफानले नछुने खम्बा हुनेहु ....
तिमी मेरो सामु बाट गुज्रीदा मलाई फरक नपर्ने हुनेछु..
मलाई फरक नपर्ने हुनेछु।।
👏❤️
ReplyDelete