Posts

Showing posts from December, 2020

मेरो सपनाको आकाश

सधैं बाटोमा हिँड्ने मलाई पनि अचम्म लाग्छ, कसैको हात मेहनतको फल देऊ भन्दै फैलिएको छ, कसैको हात मेहनतबिनै फल खोज्दै छ। म सडककी छोरी, कर्तव्य थाहा नभएकी, सडकका जीवजन्तु, चरा र हावासँग जीवन साटेकी। सायद ठूलाठूला सिंहासनमा बस्नेहरूलाई पनि केही थाहा हुँदैन रहेछ। दिनभरि हाम्रो सडकमा बस्ने, साँझ सुनौलो महलमा निदाउने, सरकारी विस्तरामा पल्टिएर देशलाई बेच्दा कति आउँछ भन्ने सपना देख्ने। म मेरो देशको झण्डा भेट्दा छातीमा टाँसेर आफुभन्दा सुरक्षित राख्छु, तर तिमीहरूको हातमा देश छ, अझै तिमीहरू टुक्रा-टुक्रा पर्छौ। धन्य भगवान, तिमीले मुटु हेरेरै भाग्यरेखा कोर्नु भएछ। केका लागि भोट माग्छौ तिमी? कोसँग माग्छौ तिमी? मलाई देऊ भोट माग्न, म माग्छु मेरा प्रियजनहरूसँग— त्यो भुस्याहा कुकुरसँग, त्यो गाईको बाछोसँग, त्यो चरासँग, त्यो बादलसँग, त्यो आकाशसँग। खुला आँखाले देखेको सपना पूरा हुन्छ रे, कसैले भन्छन् बिहानीको सपना पनि साँचो हुन्छ रे, तर मैले विद्यालय जाने सपना सेकेण्ड-सेकेण्डमा देखेँ, न त खुला आँखाले देखेको पूरा भयो, न त बिहानको सपना नै। सायद सफा विस्तरामा निदाउनेलाई सपना पूरा हुन्छ ...

आफूलाई छोडी संसारलाई हेर्ने गर ।

 कहिलेकाहीँ म रिसाउँदा तिमी फकाउने गर, कहिलेकँही मलाई low feel हुँदा मलाई सम्झाउने गर, कहिलेकाहीँ म rude हुँदा तिमी soft बन्ने गर, जहिल्यैँ तिमी मात्र समस्यामा हुँदैनौं, संसार समस्यामा छ कोठाबाट बाहिर निस्केर हर्ने गर ।। कहिलेकाहीँ फूल ओइलाउन खोज्दा जलमाल गर्ने गर, कहिलेकाहीँ मयुरको सुन्दरताको राज बुझ्न खोज, कहिलेकाहीँ सधैं कुचेर हिँड्ने माटोलाई छुन खोज, सधैंभरि तिमी मात्र अभागी हुँदैनौं, आफ्नो संसारबाट निस्किएर अभागी खोज्ने गर, सधैं सफल मानिसको भोगाइ मात्र नसुन, असफलताको कारण खोज्ने गर ।। कहिलेकाहीँ मा रुँदा तिमी हँसाउने गर, कहिलेकाहीँ दुःखलाई भुलेर रमाउने गर, कहिलेकाहीँ अरुकै लागि भएनी मुस्कुराउने गर, सधैं तिम्लाई मात्र दुःख हुँदैन, अरूको दुःखमा पनि नजर लगाउने गर, सेतो हिउँमा सधैं रमाउने नगर, हिउँ भित्रको पहाडको बारेमा सोच्ने गर।। कहिलेकाहीँ मलाई एकान्तमा छोड्ने गर, कहिलेकाहीँ संसारलाई छोडेर आफ्नो बारेमा सोच्ने गर, सधैं तिमी मात्र एक्लो हुँदैनौं, संसार एक्लिएको देख्ने गर, सधैं बिहान आउने सूर्यलाई मात्र नहेर , जुन नआउनुको कारण बुझ्न खोज ।। कहिलेकाहीँ प्रकृतिसँग जीवन जाँच्न खोज, कह...

सिमालीको भुवा

 सिमालीको भुवा जस्तै होस् जीवन, सबैको हासोको कारण होस् मरण, कसैलाई पार्न नपरोस् कसैको सरण, कहिल्यै नलागोस् जीवनमा गरण।। माथि माथि उड्न पाइयोस्, संसार घुम्न पाइयोस्, जीवन सन्तुलित होस्, राती आनन्दले सपना देख्न पाइयोस् ।। म मर्दा सबैको मृत होस्, मेरो कारणले कसैको आँखामा आँसु नआओस्, आफन्तले खुसीको कुरा मन खोलेर भन्न सकून्, सबैको आँखाको आँसु पुछ्ने पात्र बनुम् ।। मेरो पाउमा कसैको शिर नभएर मात्र होस् जुत्ता चप्पल, संसार नै होस् सगरमाथा भन्दा जति सफल, फूल फुलेपछि अस्थित्व होस् उसको हुँदा सम्म फल, मुहारको उदासको कारण नबनोस् मेरो गफ ।। म माथि माथि उड्न खोज्दा, कसैको हत्केलाले मलाई छुन खोजोस्, जमीन छुन खोज्दा , हत्केलामा राखी उडानकै आवास बनाओस् ।। म भुवा भएको कारण गर्न सकु आफैमा गर्व, मलाई बेला बेला नघचघचाइयोस् याद दिलाउन मेरो धर्म, आवाज नसुनी बुझ्न सकुम् सबैको मर्म, मेरो कारणले कसैले मान्न नपरोस् सर्म ।। मलाई मा भित्रको विउले नहेपोस्, मलाई तौली कसैले नबेचोस्, मेरो अस्थित्व हावामा मात्र नबनोस्, मेरो पहिचान कुनै ठाउँले नगरोस् ।। फुल्न चाहल्छु संसारभरि, डुल्न चाहन्छु संसार घरी घरी, एउटा देशक...

म बेस्या

 हारेको छु म, जिताइदिने कोही छैन, लडेको छु म, उठाइदिने कोही छैन, बिहोस छु म, जगाइदिने कोही छैन, एक्लै छु म, साथ दिने कोही छैन ।। सार्वजनिक बाटो जस्तै छु म, कसले प्यास मेटाउँछ था नै हुँदैन, शौचालय जस्तै छु म , कसले प्रयोग गर्छ पत्यै हुँदैन, जारको पानी जस्तै छु म , कहिले महलमा कहिले झुपडीमा था नै हुँदैन, बागमती जस्तै छु म कसले सिरोपड गर्छ कसले कुचेलेर हिँड्छ था नै हुँदैन ।। नेता जस्तै छु म , कहिले सत्तामा कहिले भट्टीमा, कहिले फूलको माला कहिले ढुङ्गा , चामल जस्तै छु म, साथमा  पानी पाए भात, दूध पाए खिर अनि दाल पाए खिचडी ।। छाँगा छहरा जस्तै छु म, जति माथिबाट पछारियो त्यति सुन्दर देखिने, प्रेम जस्तै छु म, जे मा खोजियो त्यहीँ भेटीने, बीजगणित काे हिसाब जस्तै छु म , माइनस माइनस पनि जोडिने, लजावति झार जस्तै छु म जसलाई पनि आकर्षड गर्ने, म जता ततै छु, माइक्रो देखि सरकारी गाडी सम्म , महलको खाट देखि त्यो झाडी सम्म, गल्ली गल्ली देखि संसद भवन सम्म, नौजवान देखि बुढाको मन मन सम्म ।। ढोका बन्द हुँदा सम्म सबै भन्दा प्यारी, ढोका खोल्दा सबैले भन्छन् बस्या हो रे त त्यो नारी, सबैको घरमा चाइने बुहारी ...

प्रेम

 प्रेम, कसैको नामको ट्याटु हान्नु,      आकाशको तारा खसाइदिनु,      त्यसरी काँड‌‌ै काँडा बीचको फूलको मुस्कान छिन्नु,       कसैको लागि हातको नसा कट्नु,      पंखामा डोरी बाँध्नु, के प्रेम हो र???  सम्मान , आफूलाई सहज नहुँदा नहुँदै कसैको पहु पर्नु        आफूलाई मन लाको काम छोडेर, मन नलको काम गर्नु         असजिलो हुँदा हुँदै पनि प्रेमको नाममा कसैको आ        अगलोमा बरिनु ,          उसलाई राम्रो लाग्दैन होला भनेर चाएको बाटोमा                    नहिँड्ननु,            के आत्म सम्मान हो र ??

Popular posts from this blog

सपना की विपना ???

के मेरो गल्ती हो?