Posts

Showing posts from 2024

पंक्षी

अनजान पंक्षी उडेको देख्दा कति रमाइलो लाग्छ, खुसी देख्दा यसै ओठ मुस्कुराउँछन्, गुणमा बसेको देखि उडानसम्मको त्यो समय प्रत्यक्ष देख्नु, कसैको लागि सिख पनि त हो। अनजान भन्दै गर्दा त्यो गुणमा बसेको पंक्षीलाई म चिन्छु। उसले चिनोस् नचिनोस्, मलाई देखोस् नदेखोस्... फरक केही त पर्दछ होला...? उठ्दै गर्दा कतिखेर लड्छ, कतिखेर निम्न गति लिन्छ, कतिखेर उडान भर्छ, कतिखेर लडेको उठ्छ... सबैले मेरो भावना, मेरो खुसी...सबैमा असर केही त गर्दैछ। उसको सामिप्यता, म सामु नहुँदै महसुस गर्छु, उसको बास्ना, म परैबाट अन्दाज लगाउन सक्छु, उसको गति, उसको चाल अड्कल काट्न सक्छु, तर के... आकाशमा उड्ने पंक्षीलाई, बाटोमा हिँड्ने बटुवाको चाल हुँदो हो? उसको गुण जोगाइदिने...त्यो मानवको आवास हुँदो हो। जोगाउने, ख्याल राख्नेको...केही त याद हुँदो? ठ्याक्क नचिने पनि कतै देखेको, कतै भेटेको त आवास हुँदो। आफ्नोपनको अन्दाज हुँदो हो... मेरो बास्ना, मेरो गतिले उसलाई पनि केही त फरक पर्दो हो।

जीवन यात्री

 केही भिन्न केही फरक चाल थियो उसमा,  संसार उथलपुथल होस् तर प्रेमको साथ थियो उसैमा। एउटा बिहान भिन्न भयो। प्रेमिल साथले पुगेन, हवाईको टिकट चाहियो । मात्र टिकटको लागि नयाँ साथ खोजियो। प्रेम भरोसा एकातिर, अनि हवाईको साथ भिन्न थियो। प्रेमलाई दोबाटो उभाइयो। खुसी खोज्न हिँडेको त्यो यात्री यात्राको साथिलाई सम्हाल्दै थियो। सबैबाट बचाउँदै थियो.... अनि आफू उसैमा समाउँदै।। दिन,...... महिना,...... वर्ष सरी,  भावना पनि त बदलिन्छ । प्राकृतिक नियम हो। हावाको चाल बदलिन्छ, अनि घामको किरण पनि त बदलिन्छ । प्रेम फूलको बास्ना हो। बास्ना छर्ने त्यो फूल पापी हो र ? प्रेम इन्द्रेणीको रङ्ग हो। प्रकृति रङ्गमय गराउनु, उसको पाप हो र ? आफूमा रङ्ग भर्नु पाप हो र??? प्रश्न धेरै छन् साथ पनि त भिन्न छ पर्खिएको त्यो प्रेम,  कुन बाटो हिँड्छ ?, कुन बेला?, पत्तै छैन......... प्रेम रोज्ने कि यो साथ , मुटु हलचल छ। ....  प्रेम कि साथ , मुटु हलचल छ। ....  तिमी छौ मुटुमा थाहा छ मलाई,  तिमी त सहजता हौ मेरो लागि । मुटुको ढोका उघार दिएको छौ। प्रेमले सानो ठाउँलाई सझाइदिएको छ। यात्रीहरू लोभिन्छन्,...

शान्त

 एक्लाएको कसैले छैन...... तर,  एक्लिन किन खोज्दै छु म ? आफूबाट के चाइएको छ मलाई ? सपनाहरु के साँचो देख्दै छु? प्रश्नहरू, question mark सँगै चारैतिर घुम्दैछन् । सपनाहरूले साथ खोज्दै छन्..... साथ...... कसैको  नितान्त...... अनि सोच्छ....... अनि मनले...... एकान्न्न्न्न्त...... वास् शान्न्न्न्न्न्न्न्त .........  Only "PEACE 🕊️"

Popular posts from this blog

सपना की विपना ???

के मेरो गल्ती हो?