Posts

Showing posts from February, 2023

आँसु

 तिम्रा लागी झारेका आशु.....होइन .. तीम्रो यादमा झरेका आँसु.... तर होइन..  तिमीलाई भुलाउन झरेका आँसु.... पो थिए त ती त.. वारम्वार झरिरहन्थे, झरिरहन्छन... सायद झरिरहनेछन्...  तिमीलाई भुलाउने बाचामा झारेका आशु.... तर वाचा कायम राख्न भन्दा तोड्नका लागी गरीन्छ रहेछ .. आँसुले पनी त आज फेरी वाचा तोडेका छन्...  मुहान सरी फेरी मुल फुटेको छ... वर्षा सरी यादहरु बालुवामा पछारिदै छन्... तुफानको रफ्तार सरी फेरी मुटुले ठाँउ छोड्दै छ.. तुकालको रफतारले उठाउदै गरेको पछ्यौरी समाले सरी मुटुलाई समाल्दै हु.....  म आफ्नै मुटुलाई समाल्दै छु... ।। थाहा छ... म तीम्रो अघि महुन हुन सक्दै सक्दीन ।  तर त्यती सारो कमजोर बनेकी छैन..., तीम्रो तुफानले मलाइ उडाई लागोस्.. तीम्रो तुफानले मलाइ उडाई लागोस्..।। आज हलचल गर्दै छु... चल्न खोज्दै छु,... पछ्यौरी सरी.. ।। तर भोलि... तिम्रो तुफानले नछुने खम्बा हुनेहु .... तिमी मेरो सामु बाट गुज्रीदा मलाई फरक नपर्ने हुनेछु.. मलाई फरक नपर्ने हुनेछु।।

एक पल्ट आउनु है

गुलाफको फूल नै त चाइँदैन प्रीय, मुटुभरीको माया लीएर आउनु है.... ब्रान्डेड पोसाक चाईदैन प्रीय  चप्पलै भएनी पट्काउँदै आउनु है..  कालो चस्मा त पर्दैन प्रीय,  चस्माको पावर मीलाएर आउनु है.... धेरै समय माग्दैन प्रिय, अन्तीम पटक यी आँखाले तीमीलाई देखु है... त्यो गुलियो चकलेट चाइदैन प्रीय,  तीतामीठा भोगाई सँगै भोग्ने आट लीएर बाट आउनु है.. कहाँ हो कहाँ लगेर कुर्ची तानेर बसाउनु पर्दैन प्रीय,  त्यो मुटु अनी जीवनमा गुन्द्री बिछ्याउने अधीकार मलाइ नै दीनु है... म भन्दानी ठूलो गुडीया..त्यो चाइदैन प्रीय, अगालो तिम्रो...मेरो नाम गरीदेऊ.... साथीको समय, परीवारको समय चाइदैन प्रीय,  मेरो समय... नितान्त मलाइ देऊ...  खडेरी परेछ .. फुटेछ मुटुको फाट.. पानीचार लगाइदेउ  तिमीले छोडे  खडेरी पर्छ  फुट्नेछ यो फाट पर्खेर तिमीलाई नीहल्दै छु बाटो  आउनु है एकपल्ट ।।।

म छु नी

 कोही नहुदाको साथी म छु नी  तिमी खुशी हुदा, संसार हुन्छ तिमीसंग... तर दु:खी हुँदा मलाई सम्झनु है, म छु नी।। तिम्रो जीवनमा पालुवा पलाउँदा, संसार हुन्छ तिमीसंग .. तिम्रो जीवनमा पहिरो जादा, वाडी पस्दा... मलाइ सम्झनु है, म छु नी ।।

 माया सायद मैले नै गर्न जानेन होला  नत्र त उ मायाको खानी थीयो । मैले नै सायद काँडा छानी छानी त्यही माथि टके हुला नत्र त फुल माथी पनी उसको हत्केला थीयो । 

Popular posts from this blog

सपना की विपना ???

के मेरो गल्ती हो?