Posts

Showing posts from November, 2020

तिहार

जसरी तिहारको त्यो मखमलको फूल नवलाउँदै, तिम्रो गलाबाट झिकेर त्यो किल्लामा झुण्डायौं नी , त्यसरी नै त्यो दिदीको हातको टिका झिसमिसेमै धोएर हिँड्नु छ । जसरीअर्को साल मेरै बीउको माला चाइन्छ भनेर त्यो किल्लाको मालाले सुगन्ध छर्छ, आउने वर्षको पर्खाइमा बस्छ नी, त्यसरीनै आफ्नो अस्थित्व बुझेर सही समयलाई पर्खनु छ।

म meansuration भएको दिन

 सुनेको थिए , त्यो दिन आफैले भोगे , आज ५ वर्ष पछि , केही हुन्न नानी मैले रजस्वलाको बारेमा ट्रेनिङ्ग लाई टेडिङमा सबै बुझे भनेर मन्दिर लाग्ने आमाले त्यो दिन मलाई घरका सबै पुरुषलाई अनि सूर्यलाई नहेर्ने शिक्षा दिएकी थिइन । पछि पछि महिनाकै रजस्वला हुँदा भान्सामा जान नदिने मेरी आमा आज पूजा कोठामा मात्र नजाऊ भन्नु हुन्छ। अब भोलि रजस्वलाकाे बारेमा बहस नहुने स्थिति देख्न पाउने आशमा छु ।  

महिनवारी

 मैले २ ओटा दशैं , २ ओटा तिहार र कति कति साना साना चाडपर्व मनाएको छैन,  कैयौं रात चिसो भूइँमा सुतेर बिरामी भएको छु , स्कुलबाट फर्केर खाना खान दिने मान्छे नभएर  साझा सम्म भोकै बसेको छु , सबै भन्दा डराको समयमा  बाबा दाई भाई लाई नदेखी १४ दिन एक्लै बसेको छु, मलाई धेरै घाम काे आवश्यक भएको समयमा , घाम देखिन्छ कि भन्दै कोठामा थुनिएर बसेको छु,...... ..... ई सबको कारण हो महिनवारी ।।  

Popular posts from this blog

सपना की विपना ???

के मेरो गल्ती हो?