गरेर देखाउ

नेता जी भाषण होइन काम गरेर देखाउ ,
मेरो मनमा भएको तिम्रो लागि घृणालाई मेटेर देखाउ,
भष्टाचार गर्ने नेताला लाई गोली ठोकेर देखाउ,
नेपाल आमाको मुहारमा हाँसो लिएर देखाउ।।

भन्छौ नी तिमी गरिरहेकै छौं, एउटा उदाहरण दिएर देखाउ,
भोकमरीले कहिलै नमोर्ने देश बनाएर देखाउ ,
नेपाल आमाको सिर फेरि ठाडो बनाएर देखाउ ,
त्यो पिस पिस गर्दै लगेको हाम्रो देशलाई फर्काएर देखाउ ।।

नेपाल आमाको मन छिया छिया भइसक्यो अब जोडेर देखाउ,
तिमी कुपुत्र बनेको थियो , सपुत भनेर देखाउ,
सक्छौ भने भष्टाचारीलाइ गोली हानेर देखाउ,
भको भोकै मर्न लागेका जनतालाई बचाएर देखाउ ।।

पढ्न चाहने विदयार्थीहरुलाई पढाएर देखाउ,
अरु देशलाई नेपालको परिभाषा दिएर देखाउ,
नेपालमा कृषिलाई व्यवसाय बनाएर देखाउ,
छ छ महिनामा भत्काउन नपर्ने बाटो बनाएर देखाउ ।।

कलाकारलाई कलाकारिता गर्न देऊ ,
तिमी समाजसेवी बनेर देखाउ,
आफू भन्दा अघि नेपाल आमालाई धनी बनाएर देखाउ,
गाउँ गाउँ मा  स्वास्थ्य शिक्षाको महत्त्व बुझाएर देखाउ ,
नेपाल आमाको मुहारमा फेरि हाँसो फर्काएर देखाउ।।

Comments

Popular posts from this blog

सपना की विपना ???

के मेरो गल्ती हो?