तिम्ले बिगारेको हौ

काका मलाई तिम्ले बिगारेको हौ,
मलाई जातको कुरा तिम्ले सिकाएको हौ,
मलाई केही था नहुने बेलामा मेरो घरको पानी पिउनु हुन्न घरमै गएर पिउनुस् तिम्ले भनेका हौं,
तिम्रो घरमा छिर्न खोज्दा, हजुर ब्राह्मण मेरो घरमा आएर मैले छोएको खानु हुन्न भन्ने तिम्ले  सिकाएका हौ,
काका मलाई तिम्ले बिगारेको हौ ।।


हाम्रो घरमा मिठो मसिनो पाकेको लागेर जाँदा नछोइ  राखिदिनुस् भनी मलाई तिम्ले छुनु हुन्न भन्ने पाठ तिम्ले सिकाएका हौ,
मलाई मेरो आमाबाले तल्ला घरे कान्छाले छोएको खानु हुन्न भनेर कहिल्यै भन्नु भएन , मलाई तिम्ले सिकाएको हौ,
तिम्ले छोएको भाडा नपखली लाग्न खोज्दा , पखालेर लाग्नुहोस् भनी तिम्ले सिकाएका हौ,
काका मलाई तिम्ले बिगारेको हौ ।।

मलाई तपाईं भनी मलाई तिम्लाई तिमी भन्न तिम्ले सिकाएका हौ,
सबैले तपाईं भन नानी भन्दा , तिम्ले आफूलाई तिमी भनी बोलाउन तिम्ले सिकाएका हौ,
तिम्ले आफ्नो छोराछोरीलाई पनि सिकाएछौं है, तिम्रा छोराछोरीले कहिल्यै आफूले छोएको मलाई खान दिएनन्,
सानोमा त त म म गर्ने अलि बुझ्ने भए पछि तपाईं भन्न थालिसकेका छन्,
काका मलाई तिम्ले बिगारेको हौ ।।
 आफूले  पछि आफैलाई परेको हौ ।।

Comments

Popular posts from this blog

सपना की विपना ???

के मेरो गल्ती हो?