जीवन

जसरी पर्यटक लाइ गाइड गर्छ त्यसरीनै कसैले मेरो जीवनलाई गाइड गरिरहेको छ ,
तर थाहा छैन कसले...
म हिड्छु भनेको , हिँड्न चाहेको बाटोमा अन्धकार छ,
तर म सँग कुनै उज्यालो छैन , तै पनि म हिँडिरहेकी छु ,
मैले अनुमान लगाएको ठाउँमा गन्तव्य भेटिदैन ,
मैले चाहेको जस्तो सुन्दर बाटो छैन ,
तर म मेरो जीवनको यात्री यात्रा गरिरहेकै छु,
मेरो जीवनको बारेमा बुझ्न खोजिरहे कै छु ।।

जीवनको परिभाषा मान्छे  मान्छे अनुसार फरक छ ,
कसैले भगवानले दिएन सुन्दर फूल हो भन्छन् ,
कसैले कर्कलाको पनि जस्तै हो जीवन भन्छन्,
जीवनलाई नाटक पनि हो भन्छन् कसैले ,
सुख , दु:ख जीवनको दुई पाङ्ग्रा हो भन्छन् कसैले ,
तर जीवन एउटा यात्रा हो हामी यसको यात्री हो भन्छन् कसैले,
जीवनको भिन्न भिनै तर्क दिन्छन् सबैले ।।।

Comments

Popular posts from this blog

सपना की विपना ???

के मेरो गल्ती हो?