नेवारी घर
उचाइ घरको थोरै छ मेरो ,
पाँच फिट ढोका,
निउरिएर भित्र जाँदा ,
सम्मान गर्छु म यो माटोको,
सिँढीको कुरा गर्दै छौ तिमी,
भर्याङ गराउँछु म,
सालको काठको,
स्तम्भको कुरा गर्दै छौ तिमी,
Load-bearing पर्खाल बनाउँछु म,
इट्टा र माटोको ,
पहिलो प्राथमिकता भान्सालाई दिन्छु ,
अन्नलाई पूँजी भगवान मानेर ,
माथिल्लो तल्ला सिरमा राखेर ,
बैठक कोठा त्यसपछि आउँछ ,
परिवारका लागि भनेर ,
सित्ने कोठा पहिलो तल्ला मा ,
भुइँको तल्ला भण्डार कोठा,
अनी व्यावसायमा पर्दछ ।
Nice
ReplyDelete