Posts

Showing posts from 2022

साथी

 आपरीचित नाता हाम्रो, मनको नाता बन्ने गर्छ , रगतको नातालाई नी , पछि पछि छोड्ने गर्छ ।। एउटै जोस् जागरले , सहकर्मी बनिएला, बाटो फरक भएपनि , चोक कतै भेटिएला ।। मनमा फरककुरा चलेनि, एउटै हाँसोको स्वर निस्किएला परिस्थिति मिल्यो भने , कहीं कतै दुःख सट्ने चौतारी भेटिएला ।। निरन्तर गति मेरो, कहीं कतै अल्जि एन होला, पछि हेर्दै छु तिम्रो आशमा, भेट कतै पक्कै होला ।।

खै किन टाढा भो?

 बाबा र आमा कैसीमा बसी नजर मतिरै, छुट्टेर बसे बुहारी छोरा, तल्लों तल्लामै, धर्ती नी एटै आकाश एटै मन र दुईतिर, स्कुल बाट फर्केर आए पाइला बातिरै ।। हातमा आयो मम्मीको हात पाइला ठप्प भाे, बाआमा मेरा माथीलो तल्ला खै किन टाढा भो।। नजर ममै मारेर मन कसरी बस्दा हुन्, मलाई भनी बनाको खाजा कसरी खादा हुन्, अध्यारो रात मेरो नै याद कसरी सुत्दा हुन्,  बडाए हीम्मत बाआमा हा‌‌स्दा कस्ता देख्दा हुन् ।। हातमा आयो बुबाको हात पाइला ठप्प भाे, बाआमा मेरा माथीलो तल्ला खै किन टाढा भो।। रातीको कुरा मनमा लेर झगडा ब्यान भो, गल्ती थ्यो मेरो बाआमा आँखी आँसु त झर्न्ने भो, बयाना मैले दिनु नै थियो गलती मेरो थ्यो , भर्याङ चडे, वाआमा अघि आँसु त झनै भो ।। हातमा आयो बुबाको हात पाइला ठप्प भाे, बाआमा मेरा माथीलो तल्ला खै किन टाढा भो।। मनका कुरा मनमै फेरी गाड़ीयो मुर्दा झैं, मनको कुरा खुलेर भन्ने मिलेन दिन खैं, आँसुको ढिक्का महत्व बिना पानीझैं बागीगो,  नजाउ छोरा बाआमाको मा आदेश जारी भो ।। हातमा आयो मम्मीको हात पाइला ठप्प भाे, बाआमा मेरा ...

युद्ध

 माया गछु भन्दा तिम्ले..... तिम्रो हात मेरो कम्मरमा खै कीन पुग्यो ?  सायद तिमी मलाई माया गर्छौ.... अनी तिम्रो हातले मेरो कम्मरलाई ।। माया गर्ने मान्छेले महसुस गर्न सक्छ रे मनको कुरा ....... तिम्रो हात मेरो कम्मरमा पुग्दा मेरो मनको हाल तिमीले बुझेका छौ ? तिमीले महसुस गरेका छौ ?? कम्मरमा हुँदा काउकुती लागेको यो मन तिम्रो हात छातीमा पुग्दा खै कीन डरमा परिवर्तन भयो .... तिमीले महसुस गरेका है? ।। भेट्न मन छ, सारै माया लागेको छ कोठामा भेट है भन्दा ... खै कीन यो दिमागले भाडीरहेछ .... तीम्रो स्तन दबाउदा तिमी चिच्याएको पीडा बुझ्न नसकेको उही नै हो ,  जिन्दगी भर तिम्रो पिडा बुझ्ला र ? भनेर प्रश्न उठाउँछ ..... यो दिमागले प्रश्न उठाउँछ .. अच्चम यहाँ छ मसंग उत्तर नै छैन ... साच्चिकै मा सँग उत्तर नै छैन ।।। उसले मनाई धेरै माया गर्छ की उसको हातले मेरो स्तनलाई ?  प्रश्नवाचक चिन्न खै किन जहाँ कतै उठिरहन्छ ?? उसको हात मेरो शरीरमा डुल्दा मलाई खुसी लाग्नु पर्ने ..... होइन र?? मनसम्म कुरा नपुग्दै दीमागले..  खुसी एक क्षणको हो,... यही सम्झेर तिम्रो आसु झर्ने छ खै कीन भन्छ? ।। म अ...

बाबा फेरि एक पटक विश्वास गरिदिनु

  खै के भयो खुट्टा डगमगाए जस्तै छ , कुनै ठूलो खाडलमा परे जस्तै छ, सीडी त म माथि नै चढ्न खोजेको हो  तर खै धेरै तल पुगेछु क्यार , मलाई दुखाइ feel भएकै छैन,  म केही मा ठोकिए की , म खाडलमा मा खसे की , के भयो मलाई थाहा नै छैन , तर बाबा सारै गारो छ यहाँ , फेरि माथि जाऊ सक्छौं भन्ने कोही छैन , अाद्यारो कोठामा मा एक्लै छु , जहाँ बाट हजुरलाई बोलाइरहेको छु, हजुर हिँड्ननु हुन्छ यही बाट तर मलाई देख्नु हुन्न , म देख्छु हजुरलाई , बाबा बाबा भनेर कराउँछु, सायद बाटो विराएछु क्यार , कसैलाई नचिन्ने ठाउँमा छु, बिरानो ठाउँमा छु, गारो छ बाबा यता बाँच्न , खै मर्छु जस्तै लाग्छ बेला बेला , मुटु काम्छ अातिनै, दुख्छ सारै , तर अहँ... हजुरको कान सम्म मेरो आवाज पुग्दै पुग्दैन, तर चिन्ता नलिनु बाबा .. म हजुरले जत्ति मेरो लागि गर्न्नु भएको छ , त्यो भन्दा १०० गुण बढी गर्न्ने छु, मेहिनेत, त्यही नै गर्न सक्छु यो समयमा , कत्ति सुतेको छैन अरूलाई के थाहा हुन्छ,  शरीर गलेको अरूलाई के थाहा हुन्छ? हजुरलाई थाहा छ नी?? हजुरकी छोरीलाई बिरामी भए नी चल्नु पर्छ भनेर , तर यहाँ कसैलाई थाहा छैन , अरूले त मैले नाटक ...

याद आउँछ

 याद आउँछ माया लाग्छ तिम्रो   त्यो नजरले घायल  पार्छ आज पनि।। सपना देख्छु  सपनामै भएपनि  टिमलाई भेट्छु तिम्रो मायाको न्यानो स्पर्श  यो मन ले चाँहिरहन्छ आज पनि ।। तिम्ले आगल्दा लगाएको  कपडा धोएको छैन  आदा निकालेको  अमलाको त्यो आधा   नङ पोलिसले  तिम्रै याद दिलाउँछ।। ठाउँ ठाउँ मा याद दिलाएर भूल भन्छौ तिमी  माया त गर्छु नी  २/४ घण्टा दिमाग को काबुमा मन छ भनेर तिमीलाई भुल्न सकेको छैन ।।

नेवारी घर

 उचाइ घरको थोरै छ मेरो , पाँच फिट ढोका,  निउरिएर भित्र जाँदा , सम्मान गर्छु म यो माटोको, सिँढीको कुरा गर्दै छौ तिमी, भर्याङ गराउँछु म, सालको काठको, स्तम्भको कुरा गर्दै छौ तिमी, Load-bearing पर्खाल बनाउँछु म, इट्टा र माटोको , पहिलो प्राथमिकता भान्सालाई दिन्छु , अन्नलाई पूँजी भगवान मानेर , माथिल्लो तल्ला सिरमा राखेर , बैठक कोठा त्यसपछि आउँछ , परिवारका लागि भनेर , सित्ने कोठा पहिलो तल्ला मा , भुइँको तल्ला भण्डार कोठा,  अनी व्यावसायमा पर्दछ ।

वर्खा लाग्छ

 वर्खा लाग्छ , पानी पर्छ माया सरि, पलुवा पलाउँछ , सुकेको रुख मौलाउँछ, हरियाली छाउँछ बोटमा , बढी पनि मूलमा जाँदा , अस्थित्व झन् बढ्छ ।

Popular posts from this blog

सपना की विपना ???

के मेरो गल्ती हो?