खै किन टाढा भो?
बाबा र आमा कैसीमा बसी नजर मतिरै,
छुट्टेर बसे बुहारी छोरा, तल्लों तल्लामै,
धर्ती नी एटै आकाश एटै मन र दुईतिर,
स्कुल बाट फर्केर आए पाइला बातिरै ।।
हातमा आयो मम्मीको हात पाइला ठप्प भाे,
बाआमा मेरा माथीलो तल्ला खै किन टाढा भो।।
नजर ममै मारेर मन कसरी बस्दा हुन्,
मलाई भनी बनाको खाजा कसरी खादा हुन्,
अध्यारो रात मेरो नै याद कसरी सुत्दा हुन्,
बडाए हीम्मत बाआमा हास्दा कस्ता देख्दा हुन् ।।
हातमा आयो बुबाको हात पाइला ठप्प भाे,
बाआमा मेरा माथीलो तल्ला खै किन टाढा भो।।
रातीको कुरा मनमा लेर झगडा ब्यान भो,
गल्ती थ्यो मेरो बाआमा आँखी आँसु त झर्न्ने भो,
बयाना मैले दिनु नै थियो गलती मेरो थ्यो ,
भर्याङ चडे, वाआमा अघि आँसु त झनै भो ।।
हातमा आयो बुबाको हात पाइला ठप्प भाे,
बाआमा मेरा माथीलो तल्ला खै किन टाढा भो।।
मनका कुरा मनमै फेरी गाड़ीयो मुर्दा झैं,
मनको कुरा खुलेर भन्ने मिलेन दिन खैं,
आँसुको ढिक्का महत्व बिना पानीझैं बागीगो,
नजाउ छोरा बाआमाको मा आदेश जारी भो ।।
हातमा आयो मम्मीको हात पाइला ठप्प भाे,
बाआमा मेरा माथीलो तल्ला खै किन टाढा भो।।
Comments
Post a Comment