बाबा फेरि एक पटक विश्वास गरिदिनु

 

खै के भयो खुट्टा डगमगाए जस्तै छ ,

कुनै ठूलो खाडलमा परे जस्तै छ,

सीडी त म माथि नै चढ्न खोजेको हो

 तर खै धेरै तल पुगेछु क्यार ,

मलाई दुखाइ feel भएकै छैन, 

म केही मा ठोकिए की ,

म खाडलमा मा खसे की ,

के भयो मलाई थाहा नै छैन ,

तर बाबा सारै गारो छ यहाँ ,

फेरि माथि जाऊ सक्छौं भन्ने कोही छैन ,

अाद्यारो कोठामा मा एक्लै छु ,

जहाँ बाट हजुरलाई बोलाइरहेको छु,

हजुर हिँड्ननु हुन्छ यही बाट तर मलाई देख्नु हुन्न ,

म देख्छु हजुरलाई ,

बाबा बाबा भनेर कराउँछु,

सायद बाटो विराएछु क्यार ,

कसैलाई नचिन्ने ठाउँमा छु,

बिरानो ठाउँमा छु,

गारो छ बाबा यता बाँच्न ,

खै मर्छु जस्तै लाग्छ बेला बेला ,

मुटु काम्छ अातिनै,

दुख्छ सारै ,

तर अहँ... हजुरको कान सम्म मेरो आवाज पुग्दै पुग्दैन,

तर चिन्ता नलिनु बाबा ..

म हजुरले जत्ति मेरो लागि गर्न्नु भएको छ ,

त्यो भन्दा १०० गुण बढी गर्न्ने छु,

मेहिनेत,

त्यही नै गर्न सक्छु यो समयमा ,

कत्ति सुतेको छैन अरूलाई के थाहा हुन्छ, 

शरीर गलेको अरूलाई के थाहा हुन्छ?

हजुरलाई थाहा छ नी??

हजुरकी छोरीलाई बिरामी भए नी चल्नु पर्छ भनेर ,

तर यहाँ कसैलाई थाहा छैन ,

अरूले त मैले नाटक गरेको भन्ठान्नु हुन्छ ,

म कसरि सम्झाउँ उहाँहरुलाई ,

मलाई था छ मेरो बाआमाको मेहिनेत,

मैले पनि गर्नु पर्दछ भनेर मलाई नी थाहा छ,

गर्दा गर्दै नी कहिले काँही भाग्य ले ठूलो भूमिका खेल्छ रहिछ ,

बाबा म उहाँहरुलाई कसरि सम्झाउँ हजुरको विश्वास म प्रर्तिको,

हजुर धेरै नै rude सुनीनु हुन्छ , 

जब मेरो छोरीको बारेमा थाहा छ ,

कम्प्लेन गर्नु पर्दैन भन्दा ,

मलाई कसैले मेरो बाआमालाई केही भनेको मन पर्दैन ,

फेरि भन्ने छन् उनीहरुले हजुरको बारेमा ,

त्यसैले म महुन छु,

हजुरलाई घमण्डी भन्नु भन्दा मलाई झुटो भनेकै सुन्नु मन छ, 

हजुरको बारेमा सुन्नु भन्दा आफ्नै बारेमा सुन्नु मन छ,

बाबा फेरि एक पटक विश्वास गरिदिनु,

हजुरकी छोरी तारा जस्तै चम्किने छ ,

सबैले मलाई हेरेर भन्ने छन् ,

मलाई देखाएर, 

"उ त्यो चम्किलो तारा छुनु मन छ "







Comments

Popular posts from this blog

सपना की विपना ???

के मेरो गल्ती हो?