गौतमबुद्ध रंगशालाको सपना
पाँच दिन सम्म म यो विषयमा लेख्दैन, सोच्दैन भनेर बसेको थिए तर सुन्तलीको आँसुले मलाई लेख्नलाई बाध्य बनायो । सायद दश वर्षमा यो रंगशाला बन्छ होला जसरी नी जस्तै लाग्छ । १० वर्ष नभए १४/१५ वर्ष सम्म त पक्कै बन्छ होला । १४/१५ वर्ष सम्म त पक्कै मेरो बिहे हुन्छ होला है? अनि २० वर्षमा त मेरी छोरीको किताबमा मेरो देशको सान 'गौतम बुद्ध रंगशाला ' भन्ने पाठ हुन्छ होला । अइलेका देश हाँक्ने नेताको कत्तिको सोर्गबास हुन्छ होला, तर होइन नर्गबास हुन्छ होला। अनि मेरा प्यारा , मेरो मुटु भित्र बसेका कलाकार पनि अलि बुढा हुन्छन् होला । अब २० वर्षमा त फिल्ममा पनि आमाबा, हजुरबाआमा को रोल निभाइरहेका हुन्छन् होला है दुर्मुस सुन्तलीले। अनि म पनि सायद समयले साथ, भाग्य सँगै मेहिनेत पुगे Er. Sharma भएको हुन्छ होला ।२० वर्ष सम्म उहाँहरुलाई प्रतक्ष त केहीले देख्न पाउला नपाउला तर उहाँहरुको लाई माया, सम्मान, भरोस म माथि भरिएको छ । आज २० वर्ष को हुँदा सम्म पनि एक रुपैयाँ नकमाएको म हजुरहरुलाई सानै सहयोग गर्न पनि असमर्थ छु । तर मलाई मेरो छोरीको किताबमा भएका प्रश्न को जवाफ यसरी दिन्छु भनेर ऐले नै प्रश्न उत्तर स...